Archive

स्थानीय तहको निर्वाचनको लागि कांग्रेसको गाउँजागरण धनकुटा १९ पौष । संविधान कार्यान्वयनका लागि स्थानीय

स्थानीय तहको निर्वाचनको लागि कांग्रेसको गाउँजागरण धनकुटा १९ पौष । संविधान कार्यान्वयनका लागि स्थानीय

सांसद तथा धनकुटा कांग्रेसका निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठलगायत नेताहरुले खोकुस्थित जीवन सुधालय माविका विद्यार्थीहरुका लागी स्टेशनरी र सेनेटरी प्याड विद्यालयको प्रधानाध्यापक छत्र राईलाई हस्तानतरण गरेका थिए ।

धनकुटा नगर मगर संघमा आले

नेपाल मगर संघ धनकुटा नगर समितिको दोश्रो अधिवेसन सम्पन्न भएको छ । सो अधिवेशनले यमबहादुर आलेको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ ।

धनकुटाको ऐतिहासिक फोटो ः

धनकुटाको ऐतिहासिक फोटो ः

धनकुटाको ऐतिहासिक फोटो ः

जिल्ला संघलाई उपहार प्रदान

जिल्ला संघलाई उपहार प्रदान

पाँच थान चेस बोर्डसेट र एक थान घडि उपहार प्रदान गर्दै

मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र आर्मीका मोनालीसा खम्बुलाई बुद्धिचालमा स्वर्ण

मध्यमाञ्चलका मदनकृष्ण कायस्थ र आर्मीका मोनालीसा खम्बुलाई बुद्धिचालमा स्वर्ण

प्रतियोगितामा खुल्लातर्फ मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा महिलातर्फ नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बु सातौं राट्रिय खेलकुद अन्र्तगत बुद्धिचाल खेलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरीको नतिजा हात पारेका मदनकृष्ण मध्यमाञ्चलकै अर्का प्रत्याशी रिजेन्द्र राजभण्डारीलाई हेड टु हेड नतिजाका आधारमा पछि पार्दै २० औं राट्रिय बुद्धिचाल च्याम्पियनसमेत बनेका हुन् । ६ खेलमा जीत र ३ खेलमा बराबरी खेलेका मदनले ७ दशमलब ५ अंकका साथ अपराजित रहँदै प्रतियोगिताको उपाधि हात पारेका हुन् । समान ७ दशमलब ५ अंक बनाउँदै रजत पदक प्राप्त गर्न सफल रिजेन्द्रले चौथो चरणमा मदनकृष्णसँग हार व्यहोरेका थिए । नेपाल आर्मी क्लबका हिमाल लामा मध्यमाञ्चलका क्षितीज भण्डारीलाई हराउँदे ६ दशमलब ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भए ।

भेडेटारको समुचित विकासको लागी कोही कसैले राजनीति नगरौं ... राज्यमन्त्री महतो

भेडेटारको समुचित विकासको लागी कोही कसैले राजनीति नगरौं ... राज्यमन्त्री महतो

राज्यमन्त्री मेहताले भेडेटारको समुचित विकासको लागी कोही कसैले राजनीति नगरी एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । उनले विकास निर्माणको लागी वर्तमान सरकार दत्तचित्त भएर लागेकोले भेडेटारको पर्यटन प्रवद्र्धनका लागी सरकारको तर्फवाट सक्दो सहयोग गर्ने आश्वासन दिए । राज्यमन्त्री मेहताले वर्तमान सरकार संविधान संशोधनमार्फत सबैखाले समस्याको सामाधन गरेर जारी संविधानलाई कार्यान्वयन गर्न सके मात्र मुलुकमा दिगो शान्ति कायम हुने भारण व्यक्त गरे ।

फेस्टिभलमा पत्रकार लामा सम्मानित

फेस्टिभलमा पत्रकार लामा सम्मानित

भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमन्त्री सिताराम मेहताले पत्रकार सन्तवीर लामालाई नगद सहित सम्मान गरे ।

बुद्धिचालमा आर्मी क्लबका मोनालीसालाई महिलातर्फको स्वर्ण पक्का, खुलातर्फ मध्यमाञ्चलका मदनकृष्णको अग्र

बुद्धिचालमा आर्मी क्लबका मोनालीसालाई महिलातर्फको स्वर्ण पक्का, खुलातर्फ मध्यमाञ्चलका मदनकृष्णको अग्र

नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बुले एक खेल अगावै राष्ट्रिय महिला बुद्धिचालको उपाधि जितेकी छन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा बुधबार सम्पन्न आठौं चरणको खेलमा मध्यमाञ्चलका पूर्णिमा जयसवाललाई हराउँदै मोनालिसा दोश्रो पटक राष्ट्रिय प्रतियोगिताको उपाधि हात पार्न सफल भएकी हुन ।

सम्झनामा आज

नेपाल पत्रकार महासंघ धनकुटाको रजत वर्षको अवसरमा आज पत्रकार महासंघको सभाहलमा सम्झनामा आज कार्यक्रमको आयोजना स्मरण गरिएको छ । पत्रकार संघ धनकुटा शाखाका रुपमा २०४९ पौष १३ गते आजकै दिन स्थापना भएकोले पत्रकार महासंघ धनकुटाको रजत वर्षको रुपमा सम्झना आज भन्ने कार्यक्रमको आयोजना गरी रवज वर्ष मनाएको हो ।