Archive

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

प्रमुख ध्रुवराज कार्कीले बताए । उनले धनकुटाको मात्र नभएर नेपालभरकै विद्युत् प्राधिकरणको अतिक्रमणमा परेको जग्गा खाली गराउने अभियान प्राधिकरणले संचालन गरेको बताउँदै सोही बमोजिम धनकुटामा पनि आवश्यक कार्वाही अघि बढाएको बताए । प्रमुख कार्कीले सो जग्गामा बसोवास गरेको मध्ये ९० प्रतिसतभन्दा बढी सुकुम्वासीको नाममा हुक्कुम्वासी बस्ने गरेको बताए । उनले सो जग्गा अनधिकृत रुपमा किनबेचसमेत हुने गरेको पाइएकाले बल प्रयोग गरेर हटाईएको बताए ।

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो   प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

सुन्तलाको राजधानी मानिने धनकुटामा यो वर्ष सुन्तला उत्पादनमा गतवर्षभन्दा २० प्रतिशतले बृद्धि भएको छ । उत्पादन बृद्धि भएसँगै कृषकहरुको आम्दानी पनि बढेको छ । गत बर्ष जिल्लामा २ हजार ६ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यो बर्ष भने बढेर ३ हजार १ सय २० मेट्रिकटन पुगेको जिल्ला कृषि विकास कार्यालयले धनकुटा साप्ताहिकलाई जानकारी दिए ।

नगरमा माग बगरमा साग बगरमा सागखेती गरेर आम्दानी गर्दै सिम्सुवा गाउँ

नगरमा माग बगरमा साग  बगरमा सागखेती गरेर आम्दानी गर्दै सिम्सुवा गाउँ

धरान–धनकुटा सडक खण्डअन्तर्गत सिम्सुवा खोला र लेउती खोला क्षेत्रका यस्ता बगरहरुमा स्थानीय किसानहरु सिम साग खेती गरेर आम्दानी गरिरहेका छन् । सो खोला क्षेत्रको करिव ८० रोपनी निजी तथा सार्वजनिक खेर गैरहेको बगरमा सिम साग खेती गरिरहेका छन् । किसानहरुले यहि साग बेचेर मासिक ९ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको सिम्सुवा ३ का टिका लिम्बुले धनकुटा साप्ताहिकलाई जानकारी दिईन् । उनीहरुका अनुसार ‘पानी भएको ठाउँमा एक पटक सागको बोट रोपेर छाडेको एक महिना पछि फल्न शुरु हुन्छ । फलेपछि एक–एक हप्तामा टिपेर बेच्न हुन्छ’, ।

नेकपा एमालेको दुई वटा वडाको वडा अधिवेशन सम्पन्न

नेकपा एमाले धनकुटा नगरपालिका वडा नं. ३ र ७ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा कमिटी ३ को सातौ वडा अधिवेशनको अवसरमा ज्येष्ठ नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरी ७५ वर्ष भन्दा माथिका वडामा रहेका ४९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा कमिटी अध्यक्ष दिलबहादुर रोक्काको अध्यक्षतामा भएको अधिवेशन अवसरमा सबैभन्दा बढी उमेरका ८१ वर्षिय हरिप्रिया पोख्रेलसहित ४९ जनालाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।

धनकुटा अस्पताल एक महिनाभित्र ५० बेड हुने

धनकुटा अस्पताल एक महिनाभित्र ५० बेड हुने

नेपाली कांग्रेसका नेतासमेत रहेका राज्यमन्त्री गुरुङले सरकारले धनकुटा अस्पताललाई एक महिना भित्रमा नै ५० शैयाको (बेड) को अस्पताल बनाएर साधन स्रोत सम्पन्न बनाउने घोषणा गरे । साथै राज्यमन्त्री गुरुङले कांग्रेस सरकारले गाउँ गाउँमा स्थापना गरेको स्वास्थ्य संस्थाहरुमा भौतिक संरचना निर्माण गरी साधनस्रोत सम्पन्न बनाउने आश्वासन दिए ।

भाइरल बन्दै ऐतिहासिक तस्वीर

भाइरल बन्दै ऐतिहासिक तस्वीर

आजभन्दा ५० वर्ष अघि धनकुटा वीचबजारस्थित भिमसेन मन्दिरमुनि तत्कालीन साना साना स्थानीय बालबालिकाहरुको लिईएको तस्वीर ।

भाइरल बन्दै ऐतिहासिक तस्वीर

भाइरल बन्दै ऐतिहासिक तस्वीर

आजभन्दा ५० वर्ष अघि धनकुटा वीचबजारस्थित भिमसेन मन्दिरमुनि तत्कालीन साना साना स्थानीय बालबालिकाहरुको लिईएको तस्वीर ।

जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले छोड्दैन गभर्नर नेपाल

जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैकले छोड्दैन गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले जनताको पैसा गलत उपयोग भयो भने राष्ट्र बैंकले कुनैपनि हालतमा नछोड्ने बताएका छन् । सो कुरा धनकुटामा केन्द्रिय कार्यालय रहने गरी खुलेको गुरास लघुवित्त संस्था लिमिटेडको उद्घाटन गर्दै गभर्नर नेपालले बताएका हुन् । लघुवित्त संस्थाले पुँजी बढाए जनताको निक्षेप जोगिने भन्दै अरुले दिएन भन्नु भन्दा यसका लागि लघुवित्त संस्था आफैँ लाग्नुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनका लागी पार्टीमा उत्साह, एकता र उत्सवको अभियान

स्थानीय तहको निर्वाचनका लागी पार्टीमा उत्साह, एकता र उत्सवको अभियान

पदपूर्ती एवं जगेडामुक्त गर्दै स्थानीय निर्वाचनको तयारीका लागी पार्टीमा उत्साह, एकता र उत्सवको अभियानको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रखर यूवा नेता विश्वप्रकाश शर्माले आज धनकुटामा प्रारम्भ गर्दै नेपाली कांग्रेस तीन तहको निर्वाचनका लागी तयारीमा जुटेको बताए । संविधानको कार्यान्वयन अव एकमात्र विकल्प रहेको वताउदै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका यूवा नेता शर्माले राजनैतिक सहमतीको आधारमा अव चाडै स्थानीय तहको निर्वाचनको घोषणा हुने वताए ।

भूकम्प आवास लगत संकलन शुरु

भूकम्प गएको केहि महिना पछि लिएको लगत संकलन प्रभावकारी हुन नसकेकाले जनाउँदै भुकम्पीय आवास पुनर्निर्माण आयोजनाले पुनः तथ्याङ्क लगत लिने प्रक्रिया थालेको हो । अब राहत रकम र आवास पुनर्निर्माणको योजना तत्कालै आउने आशा पलाएको भूकम्पपीडितले बताए ।