Archive

कांग्रेसको ध्यान गाउँ अभियानन र स्ववियू निर्वाचन

कांग्रेसको ध्यान गाउँ अभियानन र स्ववियू निर्वाचन

अजयसन्तोषी राई धनकुटा २ फाल्गुन । संगठन विस्तार तथा सुदृढीकरण गर्दै संविधानको कार्यान्वयनका लागी जनमत सिर्जना गर्नका लागी गाउँ अभियानलाई तीव्रता दिदै स्ववियू निर्वाचनमा शक्ति केन्द्रित गर्ने निर्णय गर्दै नेपाली कांग्रेस धनकुटाको बैठक आज सम्पन्न भयो । सो अवसरमा पूर्वसासंद लिला सुब्बा, महासमिति सदस्य आनन्दसन्तोषी राईले संविधानको कार्यान्वयनका लागी जनमत सिर्जना गर्नका लागी गाउँ अभियान संचालन गर्नु पर्ने र स्ववियू निर्वाचनका लागी सवैले ध्यान दिनु पर्नेमा जोड दिए ।

मृत्तकका परिवारलाई प्रहरीद्वारा सहयोग

मृत्तकका परिवारलाई प्रहरीद्वारा सहयोग

भरुवा बन्दुक प्रहारबाट मृत्यु भएका मरिचमान राईको परिवारलाई जिल्ला प्रहरी कार्यालयले नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । आहाले गाविस वडा नं. ८ निवासी ३० वर्षिय मृतक राईको गएको माघ १७ गते आफ्नै साथिले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर मृत्यू भएको थियो ।

गाउँ जागरण अभियानमार्फत समृद्धी र विकास

गाउँ जागरण अभियानमार्फत समृद्धी र विकास

अजयसन्तोषी राई धनकुटा । गाउँजागरण अभियानमार्फत संगठन विस्तार गर्दै गाउँको विकास र समृद्धीका लागी नेपाली कांग्रेस क्षेत्र नं. २ कार्यसमिति, धनकुटाले मूर्तिढुंगामा गाउँजागरण अभियान तथा गाउँ सम्मेलनको आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलले संविधानको कार्यान्वयनबाट मात्र मुलुकमा शान्ति स्थापना भै आर्थिक विकासको जग बस्ने वताए ।

शहीद भीम नारायण र सुशिल कोईराला आर्दश नेता

            शहीद भीम नारायण र सुशिल कोईराला आर्दश नेता

शहीद भीम नारायण श्रेष्ठ तथा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति सुशिल कोईरालाको स्मृतिमा नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमका सहभागी कांग्रेस नेताहरुले शहीद भीमनारायण श्रेष्ठ तथा पूर्वप्रधानमन्त्री सुशिल कोईराला नेपालको आर्दश नेताको रुपमा रहेको बताए ।

हार्दिक श्रद्धाञ्जली व्यक्त

हार्दिक श्रद्धाञ्जली व्यक्त

केही दिन अघि निधन भएका चुङवाङ्ग गाविस स्थित भारती माविका पूर्व प्रधानाध्यापक एवं समाजसेवी टंकबहादुर राई र धनकुटा नगरपालिका वडा नं. १ का समाजसेवी लक्ष्मीप्रसाद घिमिरे प्रति नेपाली कांग्रेस धनकुटा, नेपाल पत्रकार महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियनले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

नेवि संघ जिल्ला र क्याम्पसमा समिति गठन

  नेवि संघ जिल्ला र क्याम्पसमा समिति गठन

नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला कार्यसमिति र धनकुटा बहुमुखी क्याम्पसमा तदर्थ समिति गठन गरेको छ । नेपाली विद्यार्थी संघ जिल्ला तदर्थ समितिको अध्यक्षमा बालानन्द दाहाल, उपाध्यक्षद्वयमा टेकबहादुर कुँवर, विर्मशमान अमात्य र सचिवद्वयमा अरुण पौडेल, विनोद मगर, सहसचिव सरोजा खवास र कोषाध्यक्षमा नेत्र राई रहेका छन् ।

शहीद भीमनारायण श्रेष्ठको जीवनी

शहीद भीमनारायण श्रेष्ठको जीवनी

युवावस्थादेखि नै नेपाली कांग्रेसप्रति आस्थावान श्रेष्ठ ०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसको नगर कमिटीमा सदस्य रही प्रचार प्रसारमा खट्नु भएको थियो । ०१७ को राजनीतिक परिवर्तनपछि गोप्य रुपमा नेपाली कांग्रेसको राजनीतिमा आस्थाभने रहेको थियो । उहाँ विराटनगरमा भएको बमकाण्ड ताका खासगरी भाइको विवाहको सामान लिन विराटनगर झर्नु भएको थियो । फारवेशगञ्जमा सामान किन्न जाँदा कप्तान यज्ञबहादुर थापासँग भेट भयो । त्यतिखेरका हुलाकटोलका सक्रीय नेविसंघ कार्यकर्ता रामकृष्ण श्रेष्ठलाई पठाइएको बम उहाँले नै ल्याउनु भएको थियो । उहाँलाई ०३० चैत ३ को बमकाण्डको अभियोग लगाएर पक्राउ गरी लामो समयसम्म यातनापूर्ण बन्दी बनाई ०३५ साल माघ २६ गते कोशी नदीको किनारमा मृत्युदण्ड दिइएको थियो ।

एमालेको टोलकमिटी गठन

एमालेको टोलकमिटी गठन

नेकपा एमालेले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान अन्र्तगत धनकुटा नगरपालिका वडा नं.१४ स्थित जिमिटोल र खानीटोलमा टोलकमिटी गठन गरिएको छ । जिमिटोलमा देशकुमार राईको संयोजकत्वमा ७ सदस्यीय र खानीटोलमा पदम विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरिएको छ ।

राप्रपा धनकुटा अध्यक्षमा थापा

राप्रपा धनकुटा अध्यक्षमा थापा

राप्रपा धनकुटाको एकता जिल्ला अधिवनेशन सम्पन्न भएको छ । सो अधिवेशनले जिल्ला, नगर र क्षेत्रीय कार्यसमितिको अध्यक्ष सहित कार्यसमिति चयन गरेको छ । सम्पन्न एकता अधिवनेशनले कुमारबहादुर थापालाई पुनः अध्यक्षमा चयन गरेको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

भारतीय राजदुतले दुईवटा विद्यालय भवनको उद्घाटन

भारतीय राजदुतले दुईवटा विद्यालय भवनको उद्घाटन

भारतीय राजदुतावासको सहयोगमा निर्मित धनकुटाका दुईवटा विद्यालय भवनको एक कार्यक्रमका वीच भारतीय राजदुत रणजीत रायले उदघाटन गरे । राजदुत रायले पाख्रिवास नगरपालिकास्थित जाल्पादेवी माध्यमिक विद्यालय र मारेककटहरे गाविसस्थित शारदा माध्यमिक विद्यालय नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सो भवन २०६८ सालदेखि निर्माण सुरु भई हालै निर्माण सम्पन्न भएका हुन् ।