Archive

सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

डेनमार्क सरकारको सहयोगमा उन्नती परियोजना अन्तर्गत् धनकुटा जिल्लामा सडक योजना सञ्चालित छ । तर, निर्माण व्यवसायीको ढिलासुस्तीले जिल्लास्तरीय सडक योजना सम्पन्न हुने सम्भावना देखिएको छैन । निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तीका कारण जिल्लाको साबिक मारेककटहरे गाविसको दारेगौडादेखि चानुवा हुंदै लेगुवा सम्मको ग्राभेल बाटो निर्माण तथा स्तरोन्नतीमा ढिलाई देखिएको हो । सो सडक १९ करोड ५२ लाख २५ हजार चार सय ९९ पैसाको लागतमा निर्माण हुदैछ ।

भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो

भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो

पूर्वकै प्रमुख पर्यटकीयस्थल भेडेटारमा पानीसँगै असिना बर्सिएर थुप्रो लागेको छ । असिनाको थुप्रोले भेडेटार बजारका साथै डाँडाकाँडा हिउँ परेझै सेताम्मे भएको छ । ठाउँ ठाउँमा डेडदेखि दुई फिटसम्म असिना जमेको होटल भेडेटार भ्यूका सञ्चालक तथा भेडेटार होटल एशोसियशनका सचिव जितेन्द्र रुम्दालीले जानकारी दिए ।

विपत र दुःखमा कांग्रेसको साथ पीडितलाई राहत

विपत र दुःखमा कांग्रेसको साथ पीडितलाई राहत

आगोले निजको घर पुर्णरुपमा क्षति भएको छ। छोरालाई वैदेशिक रोजगारीमा पठाउन जोगाएर राखेको दुई लाख पैतिस हजार, र छोरीको विवाहमा दाइजो दिनलाइ तयार गरेका सबै सामान जलेर नस्ट भएको पीडितले जानकारी दिए। न बस्न लाई वास छ नत खानलाई गास। दुखित परिवारजनको घाउमा मलम लगाउने उद्देश्यले सानो सहयोग स्वरुप केयर वूमन नेपालका अध्यक्ष समेत रहेकि थापाद्वारा राहत सामग्री त्रिपाल, कम्बल, चामल, दसना र सिरक वितरण गरेको केयर वुभेनका अध्यक्ष इन्दीरा थापाले बताईन ।

किम्फको प्रदर्शन सम्पन्न

किम्फको प्रदर्शन सम्पन्न

वृत्तचित्र प्रदर्शनी कार्यक्रमको समापनमा वोल्दै उनले नेपाली समाजमा जनचेतना फैलाउन र समाजमा नेपाली बृतचित्रको बिकास गर्ने उद्देश्यका साथ प्रर्दशन गरिएको जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वृत्तचित्र प्रर्दशनले विद्यार्थीहरुलाई देशका ग्रामीण क्षेत्रका जनजीवनको वारेमा ज्ञान हाँसिल भएको वताउँदै संघर्ष गर्न प्रेरणा मिलेको बताए ।

निर्वाचन केन्द्र पुनरावलोकन कार्य आरम्भ

निर्वाचन केन्द्र पुनरावलोकन कार्य आरम्भ

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्र पुनरावलोकन सम्वन्धि कार्य आरम्भ गरेको छ । जस अनुसार जिल्लास्थितका ७ वटै स्थानीय तहका कार्यकारी अधिकृतहरुसँग अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । सो अवसरमा व्यवस्थापिका संसदमा प्रतिनीधित्व गर्ने जिल्लास्थितका सम्पूर्ण राजनीतिक दलका प्रमुखहरु एवम् प्रतिनिधिहरु, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको मतदान केन्द्र सिफारिस समितिको बैठक पनि सम्पन्न गरिएको छ ।

कक्षा १० को परीक्षाको तयारी पुरा

कक्षा १० को परीक्षाको तयारी पुरा

चैत ३ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा धनकुटा जिल्लाबाट यसवर्ष ४ हजार २ सय ४९ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि आवश्यक प्रश्नपत्रसहितका सामग्रीहरु सम्वन्धित केन्द्रमा पु¥याउने कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले जानकारी दिएका छन् ।

धनकुटामा थप पेट्रोल पम्प सञ्चालन

धनकुटामा थप पेट्रोल पम्प सञ्चालन

पूर्वमन्त्री थापाले १९ अर्व घाटामा भएको नेपाल आयल निगमलाई आफ्नो कार्यकालमा सुधार गरी हाल २० अर्व फाईदामा ल्याउन सफल गएको सन्दर्भ जोड्दै सबैको ईच्छाशक्ति भए अहिलेको पेट्रोलियम पदार्थ अभाव कृतिम भएको बताउँदै इमान्दारिता र दक्ष व्यवस्थापन हुने होभने यसको सहज आपूर्ति हुन सक्ने बताए । यो पम्प धनकुटामा स्थापना भएकोमध्ये चौथो हो । यसअघि जिरो प्वाईन्ट, धनकुटा, पात्ले र हिलेमा सञ्चालनमा भैरहेको छ । अर्को पाँचौं पम्प प्रकाश आचार्य सञ्चालक रहने गरी बुधवारेमा सञ्चालन गर्ने तयारीमा रहेको छ ।

पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन

पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन

स्थानीय शान्ति समितिले नेपाल पत्रकार महासंघको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । समितिले एक कार्यक्रमको आयोजना गरी महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

हिलेमा १३ उत्कृष्ट डकुमेन्ट्री प्रदर्शन हुँदै

हिलेमा १३ उत्कृष्ट डकुमेन्ट्री प्रदर्शन हुँदै

हिलेमा १४ औं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवअन्तर्गत उत्कृट १३ नेपाली डकुमेन्ट्रीहरु प्रदर्शन गरिने भएको छ । हिमाल एशोशियसन काठमाण्डौको आयोजना तथा सिर्जनशील साँस्कृतिक समूह हिलेको स्थानीय संयोजनमा २ दिनसम्म डकुमेन्ट्री प्रदर्शन गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

महिलालाई पहिला महिलाले नै सम्मान गर्नु पर्ने

महिलालाई पहिला महिलाले नै सम्मान गर्नु पर्ने

एक सय सातौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पुरस्कार र प्रमाणपत्र वितरण गरे । पुरस्कार वितरण गर्दै प्रमुख अतिथि श्रेष्ठले पहिलेभन्दा अहिले महिलाहरु हरेक क्षेत्रमा क्रियाशील भई सफल हुदै गएको बताए । अहिले नेपालका प्रमुख राष्टपति, सर्वोच्च अदालतको प्रधानन्यायाधीश र सभामुखसमेत महिला रहेको र नेपालबाट दुई जनाले सीएनएन हिरो विजयी हुदाँ दुवै जना महिला रहेको उल्लेख गर्दै महिलाहरुलाई सर्वप्रथम महिलाहरुले नै सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । घरघरमा महिलाहरुवीच हुने द्वन्द्व महिलाहरुले नै समाधान गर्दै छोराहरु सरह छोरीहरुलाई पनि व्यवहार र अवसर दिनुपर्ने बताए ।