Archive

विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश

 विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश

विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ क्षेत्रीय समितिको आयोजनामा भेडेटारमा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा खम्वुवान मुक्ति मोर्चाका जिल्ला अध्यक्ष नेपालधन राईको नेतृत्वमा सम्पूर्ण २३ जनाको जिल्ला कमिटीसहित ५ सय ५३ जना कांग्रेसमा प्रवेश गरेका छन् । राईको नेतृत्वमा जिल्ला कमिटीले अस्ती २६ गते पार्टी परित्याग गरेको जानकारी प्रेस विज्ञप्ती प्रकाशन गरी दिएका थिए । त्यस्तै निर्देश लिम्बुको नेतृत्वमा संघीय समाजवादी फोरमबाट ६६ जना, आनन्द लिम्बुको नेतृत्वमा नेकपा एमालेबाट १९ जना र सुभाष राईको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट ७ जना कांग्रेस प्रवेश गरेका छन्

पर्यटनको प्रवर्द्धन गर्न छथर महोत्सव

पर्यटनको प्रवर्द्धन गर्न छथर महोत्सव

संस्कृति संरक्षण तथा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले छथर महोत्सव हुने भएको छ । धनकुटा र तेह्रथुम जिल्लामा रहेको लिम्बु जातिको बिभिन्न ८ थलो (यक) लाई साँस्कृतिक पर्यटन गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।

निर्वाचन बहिस्कार गर्नेहरु समाप्त हुनेछन्ः महासचिव पोखरेल

निर्वाचन बहिस्कार गर्नेहरु समाप्त हुनेछन्ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले लामो समयपछि हुन गैरहेको स्थानीय तहको निर्वाचनमा सहभागी नभई बहिस्कार गर्नेहरुको अस्तित्व समाप्त हुने चेतावनी दिए । जनताको संघर्षबाट निर्माण गरिएको संविधानको कार्यान्वयनका लागि तथा केन्द्रिय तहमा रहदै आएको अधिकार स्थानीय तहमा ल्याउनको लागि एकमात्र विकल्प निर्वाचन भएकाले कोही भाग्न नसक्ने उनले बताए ।

नगर शिक्षक संघमा राम

नगर शिक्षक संघमा राम

नेपाल शिक्षक संघ धनकुटा नगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेशनको उद्घाटन नेपाली कांग्रेस धनकुटाका उपसभापति नविनकिशोर शाक्यले गरेका थिए । सो अवसरमा उपसभापति शाक्यले देशको भविष्यको कर्णधार विद्यार्थी भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे ।

धनकुटालगायत देशभर पत्रकार महासंघको स्थापना दिवस मनाईयो

धनकुटालगायत देशभर पत्रकार महासंघको स्थापना दिवस मनाईयो

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस देशभरका पत्रकारहरुले विविध कार्यक्रम गरी मनाएको छ । यसैक्रममा धनकुटामा पनि प्रभातफेरीले आयोजना गरियो । शहीद भीमनारायणचोकबाट शुरु गरिएको प्रभातफेरी मदनचोकमा समापन गरिएको थियो । समापन गर्दै पत्रकार महासंघ

ब्लाष्ट दैनिकको लेखले धनकुटालाई होच्याएको भन्दै विरोध

ब्लाष्ट दैनिकको लेखले धनकुटालाई होच्याएको भन्दै विरोध

धरानबाट प्रकाशित दैनिक पत्रिका ब्लाष्टमा आज आइतबार प्रकाशित ‘प्रदेश नं. १ को राजधानी इटहरी’ नामको लेखप्रति धनकुटा बजार व्यवस्थापन समितिले आपत्ति प्रकट गर्दै विरोध जनाएको छ । पत्रिकाको लेखले धनकुटाविरुद्ध भ्रामक, कपोलकल्पित, मनगढन्त खालको सतही रुपमा नबुझी लेख प्रकाशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले विरोध जनाउँदैँ प्रेस विज्ञप्ती जारी गर्दै माफी माग्नुपर्ने माग गरेका छन् ।

एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

जिल्ला सदरमुकाम धनकुटा वजारको शिरको ताजको रुपमा रहेको सल्लेरी वनलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने गरी पुराना रुख काट्न शुरु गरिएको छ । यहाँ रहेका रुखहरु १ सय ३० वर्ष पुराना भएको जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद वस्तीले जानकारी दिए । ऐतिहासिक सल्लेरी राष्ट्रिय वनको वैज्ञानिक तवरले व्यवस्थापन गर्ने उद्देश्यले वन भित्रका धेरै पुराना सल्लाको रुख कटान गरेर हटाउन लागिएको प्रमुख वस्तीले बताए ।

यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

बसको स्टेरिङ फेल भएपछि अनियन्त्रित भएको बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । बसको ठक्करले दिँदा एसइइ परीक्षा दिएर फर्कदै गरेका ३ जना परीक्षार्थीहरु गम्भीर घाइते भएका छन् । दिउँसो ११ बजे संखुवासभाको मुढेशनिश्चरेबाट धरान जाँदै गरेको को. १ ख २९३२ नम्बरको बसले धनकुटाको जोरपाटीमा ठक्कर दिएको हो ।

स्थानीय तह निर्वाचनका लागि कांग्रेसको सागुरी गढीबाट प्रशिक्षण अभियान

स्थानीय तह निर्वाचनका लागि कांग्रेसको सागुरी गढीबाट प्रशिक्षण अभियान

फाक्सिव र आहालेमा आयोजित दुई दिने कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरिकुमार राई, नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य तथा नेता कमोट फागो, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी रार्इ, जिल्ला सदस्य मोहन वान्तवा, क्षेत्रीय सभापति जितेन्द्र राई,

पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

पूर्वरथी थापाले विद्यालयको खानेपानी पूर्तिका लागि थाक्ले खोलाबाट विद्यालयसम्म पुग्ने पाईप, ट्याङ्की र धारा निर्माण गरिदिएको अध्यक्ष राईले बताए । उक्त खानेपानी योजना सम्पन्न गरी पूर्वरथी थापाले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिदिएका हुन् । सो अवसरमा पूर्वरथी थापाले शिक्षाविना विश्वको कुनै कुनामा केहि गर्न नसकिने बताउँदै विद्यार्थीहरुलाई राम्ररी पढ्न सुझाव दिए । उनले सरसफाईमा सहयोग पु¥याउनको लागि सहयोग गरेको पूर्वरथी थापाले बताए ।