Archive

नगर शिक्षक संघमा राम

नगर शिक्षक संघमा राम

नेपाल शिक्षक संघ धनकुटा नगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेशनको उद्घाटन नेपाली कांग्रेस धनकुटाका उपसभापति नविनकिशोर शाक्यले गरेका थिए । सो अवसरमा उपसभापति शाक्यले देशको भविष्यको कर्णधार विद्यार्थी भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे ।

धनकुटालगायत देशभर पत्रकार महासंघको स्थापना दिवस मनाईयो

धनकुटालगायत देशभर पत्रकार महासंघको स्थापना दिवस मनाईयो

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस देशभरका पत्रकारहरुले विविध कार्यक्रम गरी मनाएको छ । यसैक्रममा धनकुटामा पनि प्रभातफेरीले आयोजना गरियो । शहीद भीमनारायणचोकबाट शुरु गरिएको प्रभातफेरी मदनचोकमा समापन गरिएको थियो । समापन गर्दै पत्रकार महासंघ

ब्लाष्ट दैनिकको लेखले धनकुटालाई होच्याएको भन्दै विरोध

ब्लाष्ट दैनिकको लेखले धनकुटालाई होच्याएको भन्दै विरोध

धरानबाट प्रकाशित दैनिक पत्रिका ब्लाष्टमा आज आइतबार प्रकाशित ‘प्रदेश नं. १ को राजधानी इटहरी’ नामको लेखप्रति धनकुटा बजार व्यवस्थापन समितिले आपत्ति प्रकट गर्दै विरोध जनाएको छ । पत्रिकाको लेखले धनकुटाविरुद्ध भ्रामक, कपोलकल्पित, मनगढन्त खालको सतही रुपमा नबुझी लेख प्रकाशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले विरोध जनाउँदैँ प्रेस विज्ञप्ती जारी गर्दै माफी माग्नुपर्ने माग गरेका छन् ।

एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

जिल्ला सदरमुकाम धनकुटा वजारको शिरको ताजको रुपमा रहेको सल्लेरी वनलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने गरी पुराना रुख काट्न शुरु गरिएको छ । यहाँ रहेका रुखहरु १ सय ३० वर्ष पुराना भएको जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद वस्तीले जानकारी दिए । ऐतिहासिक सल्लेरी राष्ट्रिय वनको वैज्ञानिक तवरले व्यवस्थापन गर्ने उद्देश्यले वन भित्रका धेरै पुराना सल्लाको रुख कटान गरेर हटाउन लागिएको प्रमुख वस्तीले बताए ।

यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

बसको स्टेरिङ फेल भएपछि अनियन्त्रित भएको बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । बसको ठक्करले दिँदा एसइइ परीक्षा दिएर फर्कदै गरेका ३ जना परीक्षार्थीहरु गम्भीर घाइते भएका छन् । दिउँसो ११ बजे संखुवासभाको मुढेशनिश्चरेबाट धरान जाँदै गरेको को. १ ख २९३२ नम्बरको बसले धनकुटाको जोरपाटीमा ठक्कर दिएको हो ।

स्थानीय तह निर्वाचनका लागि कांग्रेसको सागुरी गढीबाट प्रशिक्षण अभियान

स्थानीय तह निर्वाचनका लागि कांग्रेसको सागुरी गढीबाट प्रशिक्षण अभियान

फाक्सिव र आहालेमा आयोजित दुई दिने कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरिकुमार राई, नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य तथा नेता कमोट फागो, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी रार्इ, जिल्ला सदस्य मोहन वान्तवा, क्षेत्रीय सभापति जितेन्द्र राई,

पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

पूर्वरथी थापाले विद्यालयको खानेपानी पूर्तिका लागि थाक्ले खोलाबाट विद्यालयसम्म पुग्ने पाईप, ट्याङ्की र धारा निर्माण गरिदिएको अध्यक्ष राईले बताए । उक्त खानेपानी योजना सम्पन्न गरी पूर्वरथी थापाले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिदिएका हुन् । सो अवसरमा पूर्वरथी थापाले शिक्षाविना विश्वको कुनै कुनामा केहि गर्न नसकिने बताउँदै विद्यार्थीहरुलाई राम्ररी पढ्न सुझाव दिए । उनले सरसफाईमा सहयोग पु¥याउनको लागि सहयोग गरेको पूर्वरथी थापाले बताए ।

सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

डेनमार्क सरकारको सहयोगमा उन्नती परियोजना अन्तर्गत् धनकुटा जिल्लामा सडक योजना सञ्चालित छ । तर, निर्माण व्यवसायीको ढिलासुस्तीले जिल्लास्तरीय सडक योजना सम्पन्न हुने सम्भावना देखिएको छैन । निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तीका कारण जिल्लाको साबिक मारेककटहरे गाविसको दारेगौडादेखि चानुवा हुंदै लेगुवा सम्मको ग्राभेल बाटो निर्माण तथा स्तरोन्नतीमा ढिलाई देखिएको हो । सो सडक १९ करोड ५२ लाख २५ हजार चार सय ९९ पैसाको लागतमा निर्माण हुदैछ ।

भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो

भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो

पूर्वकै प्रमुख पर्यटकीयस्थल भेडेटारमा पानीसँगै असिना बर्सिएर थुप्रो लागेको छ । असिनाको थुप्रोले भेडेटार बजारका साथै डाँडाकाँडा हिउँ परेझै सेताम्मे भएको छ । ठाउँ ठाउँमा डेडदेखि दुई फिटसम्म असिना जमेको होटल भेडेटार भ्यूका सञ्चालक तथा भेडेटार होटल एशोसियशनका सचिव जितेन्द्र रुम्दालीले जानकारी दिए ।

विपत र दुःखमा कांग्रेसको साथ पीडितलाई राहत

विपत र दुःखमा कांग्रेसको साथ पीडितलाई राहत

आगोले निजको घर पुर्णरुपमा क्षति भएको छ। छोरालाई वैदेशिक रोजगारीमा पठाउन जोगाएर राखेको दुई लाख पैतिस हजार, र छोरीको विवाहमा दाइजो दिनलाइ तयार गरेका सबै सामान जलेर नस्ट भएको पीडितले जानकारी दिए। न बस्न लाई वास छ नत खानलाई गास। दुखित परिवारजनको घाउमा मलम लगाउने उद्देश्यले सानो सहयोग स्वरुप केयर वूमन नेपालका अध्यक्ष समेत रहेकि थापाद्वारा राहत सामग्री त्रिपाल, कम्बल, चामल, दसना र सिरक वितरण गरेको केयर वुभेनका अध्यक्ष इन्दीरा थापाले बताईन ।