Archive

धनकुटाका कलाकार कविराजलाई कतारमा सम्मान

धनकुटाका कलाकार कविराजलाई कतारमा सम्मान

धनकुटाका प्रख्यात कलाकार मयुर नृत्यकार तथा हुर्रा पुस्तकका लेखक कविराज मगरलाई धनकुटा प्रवासी सेवा समाज, कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । नेपाल मगर संघ कतारद्वारा आयोजित हुर्रा महोत्सवमा प्रस्तुति दिन तथा प्रमुख अतितिको रुपमा आएका कलाकार मगरलाई सनैयास्थित हिमालयन होटलको सभा हलमा सम्मान गरिएको हो ।

धनकुटाका कलाकार कविराजलाई कतारमा सम्मान

धनकुटाका कलाकार कविराजलाई कतारमा सम्मान

धनकुटाका प्रख्यात कलाकार मयुर नृत्यकार तथा हुर्रा पुस्तकका लेखक कविराज मगरलाई धनकुटा प्रवासी सेवा समाज, कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । नेपाल मगर संघ कतारद्वारा आयोजित हुर्रा महोत्सवमा प्रस्तुति दिन तथा प्रमुख अतितिको रुपमा आएका कलाकार मगरलाई सनैयास्थित हिमालयन होटलको सभा हलमा सम्मान गरिएको हो ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउन गठबन्धन

 धनकुटालाई प्रादेशिक राजधानी बनाउन गठबन्धन

लोकतान्त्रिक गठबन्धनले बहुदलीय ब्यबस्था, खुल्ला अर्थतन्त्र, स्वतन्त्र प्रेसलगायतलाई अबलम्बन गरेपनि बाम गठबन्धन साम्यवाद, एकतन्त्रीय शासन अबलम्बन गर्ने भएकाले यसकाबिरुद्ध लोकतान्त्रिक गठबन्धन आबश्यक रहेको औल्याए । बाम गठबन्धनले देशमा एकतन्त्रीय तानाशाही शासन व्यवस्था लगाई जनतालाई दास बनाउन खोजेको आरोप समेत लगाए । अर्को प्रसंगमा मन्त्री थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउन उम्मेद्वार भएको बताए ।

मलामीले नै गरे, मूलघाटको सफाई

मलामीले नै गरे, मूलघाटको सफाई

दाहसंस्कारका लागि मूलघाट गएका मलामीले नदी क्षेत्र सफाई गरेका छन् । दाहसंस्कारका लागि मलामी जानेहरुले खानेपानी पिएर फ्याकेका मिनरल वाटरका बोटल, विस्कुटका खोल, जुसका खोललगायत प्रयोग गरेर यत्रतत्र फ्यालेका फोहर संकलन गरेर आगो लगाई दिएको मलामी गएका बौद्धिक विकास समाज समितिका अध्यक्ष सुभाषचन्द्र जोशीले जानकारी दिए ।

विविध कार्यक्रमसहित नेपाल सम्वत् मनाईयो

विविध कार्यक्रमसहित नेपाल सम्वत् मनाईयो

नेपाल सम्वत् ११३८ धनकुटालगायत देशभर विविध कार्यक्रमसहित सम्पन्न भयो । धनकुटामा नेवाः पुचः धनकुटाको आयोजना र स्थानीय हुलाकटोल समाजको संयोजनमा कार्यक्रम सम्पन्न भयो । सो अवसरमा पुचःको श्रीवानीस्थित कार्यालय प्रांगणमा जम्मा भएर र्याली हुलाकटोल, वीचबजार, सिरानबजार, माथिल्लोकोप्चे, तल्लेकोप्चे हुदै हुलाकटोल चुवाको बोटमा समापन भएको थियो ।

धनकुटामा मोटरसाईकल र्याली

धनकुटामा मोटरसाईकल र्याली

नेपाल सम्वत् ११३८ को शुभअवसरमा अघिलल्ँलो दिन धनकुटामा मोटरसाईकल र्याली आयोजना गरियो । स्थानीय चुवाको बोटबाट शुरु गरिएको र्याली श्रविानी, हुलाकटोल, वीचबजार, नाशलचोक, सिरानबजार, माथिल्लोकोप्चे हुदै कर्मिटारमा आयोजित कार्यक्रममा टिका ग्रहण गरिएको थियो ।

बैद्धिक विकासको चिठ्ठा विश्वप्रकाश श्रेष्ठलाई प्रजिअ तथा प्रहरी उपरीक्षक सम्मानित

बैद्धिक विकासको चिठ्ठा विश्वप्रकाश श्रेष्ठलाई प्रजिअ तथा प्रहरी उपरीक्षक सम्मानित

बौद्धिक विकास समाज समिति वीचबजार, धनकुटाको आयोजनामा समितिको भवन निर्माण सहयोगार्थ खोलिएको टिभी चिठ्ठाको प्रथम पुरस्कार वीचबजार निवासी विश्वप्रकाश श्रेष्ठलाई परेको छ । यस्तै दोस्रो इटहरीस्थित व्यवसायी कुणाल इन्टरप्राईजेज र तेस्रो पुरस्कार विराटनगरस्थित सुविधा ग्यास उद्योगलाई परेको समितिका अध्यक्ष सुभाषचन्द्र जोशीले जानकारी दिए । सो अवसरमा जिल्लामा शान्ति सुरक्षा कायम राख्न र हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान दिएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र प्रहरी उपरीक्षक सुदिप राजभण्डारीलाई सम्मान गरिएको थियो ।

संस्मरण ः सिर्फ अर्को एक दिन भए

संस्मरण ः सिर्फ अर्को एक दिन भए

आजभन्दा झण्डै बीस वर्ष अगाडिको भदौको झरिलो बेलुकि (नेपालको बिहान) थियो त्यो। बेलुकाको खाना सबैले खाईसकेर केटाकेटी आआफ्ना होमवोर्क तिर लागेका थिए। कान्छो छोरो टिभीमा भिडियो गेममा व्यस्त थियो। अघिल्लो रात बा अस्पतालबाट घर फर्किने निधो भाईले चार दिन अघि सुनाएको थियो। बासँग ढुक्कले लामो कुरा गरौंला अनि भनी एकघन्टा पुग्ने कार्ड बसी डलरमा किनेर फोनमा बसेको पनि १५ मिनेट भैसकेको थियो। फोन कनेक्सन भएको लामो अनि सुरिलो घन्टीको आवाज सँगै बासँग बोल्ने उत्सुकताले मेरो शरीर भरी न्यानो दौडियो। मेरो मुटु पनि अलिक छिटो छिटो उफ्रिन थाल्यो। पाँचौ घन्टी पछि उताबाट जवाफ आउन आँटेको चुपचापले अप्रत्याशित भय मेरो शरीरभरी फैलिएपनि नेपाल फोन गर्नु अघिको यस्तो भय स्वभाविक ठानेर बा कै आवाज मेरो कानले पर्खियो। उताबाट जवाफमा बा को हैन बुहारी अचलाको स्वर सुने पछि पैतालादेखि टाउकोसम्म बग्ने रगत एकैचोटी चिसियो। त्यसपछिको उपरोक्त वाक्यले मेरो संसार छिनैमा खोसेको थियो। मेरो हातबाट फोन कता खस्यो थाहा पाईन। मेरो शरीर मा बग्ने रगत रोकिएजस्तो भयो। मेरो मुखबाट निस्किएको “है....राम को चर्को चिच्याहट सुनेर छोरा छोरी मेरो वरीपरी जम्मा भए। शिवजी तल ओर्लिनुभो। “हैन, यो हुनै सक्तैन, मेरो बोलीकम रुवाइ बढी भएछ। छोराले र छोरीले गालासम्म बगेका मेरा आंशु पुछिदिन थाले। रुघालागे जस्तै मेरो नाक पनि बग्न थाल्यो। मुखभित्र नुनिलो पस्यो। मेरो आवाज मधुरो हुनु अघि फेरि चर्कियो। मैले केहि भन्नु परेन सबैले बुझे। कोठाका चारै भित्तामा मेरो आवाज ठोक्कियो। छोराछोरीले एकैचोटी अंगालामा बेरे मलाई। शिवजी अलमल्ल पर्नु भयो ।

इटहरी र बिराटनगर राजधानी बनाउन अन्तर्राष्ट्रिय मापदण्डले मिल्दैन ः उद्योग उद्योगमन्त्री थापा

इटहरी र बिराटनगर राजधानी बनाउन अन्तर्राष्ट्रिय मापदण्डले मिल्दैन  ः उद्योग उद्योगमन्त्री थापा

। ‘जेनभा अभिसन्धिअनुसार कुनै पनि प्रादेशको राजधानी हुने स्थान अन्तर्राष्ट्रिय सीमा भन्दा ५० देखि ६० किमि टाढा हुनुपर्ने प्रावधान छ । विराटनगर र इटहरी भारतीय सीमाभन्दा केवल क्रमशः ५ र २५ किमि दुरीमा पर्छ । त्यसैले प्रदेश नं. १ को राजधानी बिराटनगर वा इटहरी हुन सक्दैन’ उनले भने । अर्को प्रसंगमा मन्त्री थापाले यि दुई नगरमा राजधानी बनाए विवाद पनि सृजना उत्पन्न हुन सक्ने भएकाले विवाद सृजना हुन नसक्ने साविक ५ विकास क्षेत्रको सदरमुकामहरु र भौतिक पूर्वाधारहरु प्रसस्त साविक क्षेत्रीय सदरमुकामहरुलाई नै प्रादेशिक राज्यको राजधानी बनाउनु पर्ने बताउँदै धनकुटा स्वतः प्रदेशको राजधानी हुने बताए ।’ उनले तराईमा विकासको गति तीव्र भएकाले विकासमा पछाडि रहेको पहाडी क्षेत्रको विकास र सुविधाका लागि पनि धनकुटा प्रदेशको राजधानी हुनुपर्ने बताए ।

सबै गाउँपालिकमा कर्मचारी व्यवस्था गरिने छ सामान्य प्रशासन मन्त्री

सबै गाउँपालिकमा कर्मचारी व्यवस्था गरिने छ   सामान्य प्रशासन मन्त्री

नेपालका सबै गाउँपालिकामा आवश्यक कर्मचारी चाडै व्यवस्था गरिने छ । कर्मचारीको अभावमा दुरदराजका जनताले सेवा पाउनबाट बञ्चित हुनु परेकोले गाउँवासीले संघीयताको महसुस गर्न नपाएको सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले बताए । प्रेस सेन्टर नेपालले स्थानीय सुरभी होटलको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।