धनकुटा प्रवासी समाजद्वारा बनभोज तथा सम्मान

Published On: In Category: विदेश खबर
धनकुटा प्रवासी समाजद्वारा बनभोज तथा सम्मान

रबिन थापामगर दोहा कतार /
‘धनकुटा प्रवासी समाजको चाहाना, शुद्ध सामाजिक भावना‘ भन्ने मुलनाराका साथ कतारमा स्थापित धनकुटा प्रवासी सेवा समाजले मिनि बनभोज तथा सम्मान कार्यक्रम गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष  ललित लिम्बुको अध्यक्षतामा अल दोसरी गार्डेन सहानियामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी बुद्विजीवी दिलकिरण खजुम, बिशेष अतिथि समाजसेवी छविरमण कटुवाल, समाजका सल्लाहकार संयोजक तुलसी सुवेदी र अतिथिहरुमा सल्लाहकारहरु डि.एन. मगर, खडानन्द अधिकारी, राजकुमार खड्का, समाजसेवी केश गुमरछान मगर, नेपाल मगर संघ कतारका सल्लाहकार जनक थापा मगर उपस्थित रहेका थिए ।
सो अवसरमा गीति एल्वम ‘सपना‘ को विमोचनमा सहयोग गर्ने ब्यक्ति तथा कलाकारहरुलाई सम्मान गरेका थिए । सम्मानित हुने ब्यक्तिहरुमा तमु प्ये ल्हु संघका कलाकारहरु कबिता गुरुङ्ग, सलिना गुरुङ्ग, विकास गुरुङ्ग, मगर संघका कलाकारहरु जनक थापामगर, टेक रसाइली, माया तामाङ्ग, सीता थापा मगरलगायत समाजलाई सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तिङ्खवहरु रहेका थिए ।
प्रमुख अतिथि दिल किरण खजुमले समाजले आफ्नो आन्तरिक कार्यक्रममा पनि सहभागी गराएकोमा धन्यवाद दिदै अब संस्थाले आर्थिक रुपमा पनि अगाडि बढ्नु पर्ने, जिल्लामा सहयोग कार्यक्रम गर्न अक्षयकोष खडा गरी कार्यक्रम अगाडी बढाउनु पर्ने सुझाव दिए । यस्तै विशेष अतिथि छविरमण कटुवालले, समाजले गरेको यस कार्यक्रमले संस्थाको सहयोगी तथा कलाकारहरुको सम्मान हुने, हौसला बढ्ने बताउँदै समाजले गर्ने हरेका क्रियाकलापमा आफ्नो सहयोग रहने बताए । कार्यक्रममा कावा अध्यक्ष ललित लिम्बुले कार्यक्रम मा सहयोग गर्ने संस्था, ब्यक्ति, कलाकार र पत्रकारहरुलाई धन्यवाद दिदैं योगदानको चर्चा गर्दै समाजले कहिल्यै भुल्न नसक्ने र आगामी कार्यक्रमहरुमा पनि हातेमालो गरेर अगाडि बढ्न अग्रसर रहेको बताए ।
कार्यक्रममा समाजको पहिलो प्रस्तुती सपना एल्वममा समावेश गीतहरुलाई धनकुटेली गायकहरु रञ्जिव थापा, रामप्रसाद राई, शारुक सुन्दास, डि.एन. पाङ्गमीमगरर दिवस याखाले प्रस्तुत गरेका थिए । सम्मानित कलाकारको  नृत्यले कार्यक्रमको माहोल तताएको थियो । यस्तै धनकुटा जिल्लाबाट नै शुरुवात भएको मानिएको हुर्रा नाचमा अतिथि, कलाकार तथा सम्पूर्ण सदस्यहरु सहभागी भई गरेको थप रौनकता थपिएको थियो । खानपानको कार्यक्रम पछि अध्यक्ष लिम्बुले कार्यक्रम समापनको घोषणा गरे । कार्यक्रम संस्थाका महासचिव रञ्जिब थापाले संचालन र कोषाध्यक्ष पदमकुमार घिमिरेले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।