कतै तपार्इँ सोसल मिडियाको लतमा फस्नुभएको त छैन ?

Published On: In Category: विज्ञान - प्रविधि
कतै तपार्इँ सोसल मिडियाको लतमा फस्नुभएको त छैन ?

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा झुण्डिरहने मानिसहरुको आजकल कुनै कमी छैन । तर सावधान ! तपाइँको यो बानीले कतै लतको रुप त लिएको छैन ?

मनोवैज्ञानिकका अनुसार यदि तपाइँलाई वाइफाइ नचल्दा चिढचिढाहट हुन्छ र रिस उठ्न थाल्दछ भने तपाइँ सोसल मिडियाको लतको सिकार बनिसक्नुभएको छ र तपाइँ यो लतबाट छिटै बाहिर निस्किहाल्नु आवश्यक छ ।

ग्लोबल वेब इन्डेक्सका अनुसार विश्वभर २ अर्ब ३० करोड मानिस सोसल मिडियामा सक्रिय छन् । मनोविज्ञका अनुसार सोसल मिडियाको एडिक्टन अर्थात् कुलत भनेको अन्य सामान्य खाले एडिक्सन जस्तै हो । जुन कुराको एडिक्सन हुन्छ त्यसको अभाव महसुस हुन्छ ।

यसबाट व्यक्रिमा आक्रामक बन्ने तथा अरुलाई नजरअन्दाज गर्नेजस्ता लक्षण समेत देखा पर्दछन् । सोसल मिडियाको लतमा फसेका मानिसहरु धेरै स्मार्टफोन चलाउने कारणले गर्दा उनीहरुको औँला नै सुन्निएको हुन्छ ।

मनोविज्ञका अनुसार भर्चुअल तथा काल्पनिक दुनियामा हरेक बन्धन तथा जिम्मेवारीबाट स्वतन्त्रता हुन्छ जुन वास्तविक जिवनमा हुँदैन । छद्म वा फेसलेस रहने स्वतन्त्रताका कारणबाट मानिसहरु सोसल मिडियाँतर्फ आकषिर्त हुन्छन् ।

विस्तारै मानिसले यस्तो छद्मपनालाई आफ्नो पहिचानको रुपमा स्थापित गर्न थाल्दछ । विस्तारै आफ्नो पूरै दुनियालाई आफ्नो स्मार्टफोनमा मात्र समेट्न थाल्दछ जससँगै आफ्नो परिवार सँग टाढिन्छ ।

यस्तोमा आजभोलि धेरै मानिसहरु केवल सोसल मिडियामा अभ्यस्त हुने मात्र होइन सोसल मिडियाकै सहायताले विभिन्न खाले अपराध कर्ममा पनि संलग्न हुने गरेको पाइएको छ । पछिल्लो समयमा सोसल मिडियाबाट हुने साइबर अपराधका घटनामा वृद्धि भएको छ ।

विज्ञहरुका अनुसार सोसल मिडियाको सावधानीपूर्ण तथा न्यून प्रयोग गर्नु आवश्यक हुन्छ । दिनमा ४।५ घण्टाको अन्तरालमा एकपटक सोसल मिडियाको प्रयोग गर्नु हानिकारक हुँदैन ।

सोसल मिडियाको अधिक प्रयोग तथा यसको कुलतका कारण अनिद्रा जस्ता समस्या पनि पैदा हुन्छन् । त्यसैले स्मार्टफोनको स्क्रिनमा ब्लु फिल्टर लगाउनुहोस् । रातमा इलेक्ट्रोनिक्स उपकरणबाट निस्कने निलो प्रकाश हाम्रो आँखाका लागि घात हुन्छ । रातमा स्मार्टफोन नचलाउनु नै राम्रो हुन्छ ।

अलार्मका लागि समेत स्मार्टफोन होइन अलार्म घडीकै प्रयोग गर्नु राम्रो हुन्छ । राम्रो त के हुन्छ भने घरका केही ठाउँहरुलाई मोबाइल फोन निषेधित क्षेत्र घोषणा गर्नुहोस्, जस्तै किचेन रुम, बेडरुम आदि । (स्रोतः अनलाईनखबर)