दाईजो प्रथाः परम्परा वा विकृति

Published On: In Category: विचार / लेख

शैलेन्द्र त्रिपाठी

हाम्रो समुदायमा सदियौंदेखि चल्दै आइरहेको "दाइजो" प्रथालाई एक विकृति मात्र नभएर सामाजिक अपराधको रूपमा पनि मानिन्छ । दाईजो प्रथाको चलन आजको होईन यो त धेरै युग पहिला “त्रेता युगमा” भारतको अयोध्याका राजा जनकले आफ्नो ज्वाँईलाई र सम्धीलाई स्वेच्छाले खुसीको दाइजोको नाममा सुन चाँदी, गहना, राजपाट, महल, अरारी, हात्ती, घोडा, पैसा आदि इत्यादि प्रदान गरेका थिए भने भगवान श्री राम चन्द्रजी को पिता राजा दशरथ जी महाराजले राजा जनक जी खुसीले स्वीकार गर्नुभएको थियो । केवल दाईजोको रूपमा यतिमात्र होइन राजा दशरथजी महाराजले राजा जनक जी महारजसँग लिनु भएको दाईजोलाई स्वीकार गरी पुरै विश्वलाई देखाई सावित गरि दिनुभयो की दाईजोको अर्थ (दान, ईज्जत जोगाऔं र त्यो बेला दाईजोलाई विकृती कुरीती अथवा सामाजिक अपराध मानिदैनन्थ्यो । त्यो त्रेता युग थियो ।

तर त्यहीं दाइजो प्रथा आज आएर कलियुगमा आएर एक विकृती, कुरीती, कुसंस्कार तथा सामाजिक अपराधका साथै यो एउटा ठूलो सामाजिक समस्या तथा विकृतिको रूपमा परिणत भइसकेको अवस्था छ । दाइजोको नाममा मानव बेचबिखन तथा ओसारपोसारको नयाँ रूपझै आज हाम्रो समदायमा बढ्दै गइरहेको महिला हिंसाको प्रमुख कारण दाईजो प्रथा नै हो भन्ने सजिलै बुझ्न सकिन्छ ।

गर्मीयामको कुरो हो, म आफ्नो गाउँ बाराको बरैनियाबाट सदर मुकाम कलैया गइरहेको थिएँ । बाटामा फेटा र जगतपुरको बीचमा एउटा रमाइलो बगैचा छ । म साइकलमा भएको हुनाले म त्यहीं फुलवारीमा गर्मीले गर्दा सुस्ताई रहेको थिएँ । अचानक एउटी बुढी आईमाई त्यहीं आइपुगिन् र रूखको छेऊ मुनी रूदै बसिन् । म उहाँलाई चिन्दिन र उहाँले पनि आफ्नो परिचय दिन चाहिन्न । मैले उहाँलाई सोधे किन रूनु भएको यसरी  अनि उहाँ आफ्नो छोरीको व्यथा रूदै भनिन् । उहाँकी छोरीको विवाह एउटा शिक्षित र पढेलेखेको युवकसँग नै भएको रहेछ । उहाँकी ज्वाँईको परिवारहरूलाई समाजमा प्रतिष्ठित र ईज्जतदार मानिन्छन् ।

३ वर्ष पहिला छोरीको विवाह भयो, केटा पक्षले दाइजोको नाममा २ लाख नगद, १ थान मोटरसाइकल तथा अन्य सामानहरू माग गरेको थियो तर केटी पक्षले आफ्नो खेत र गरगहना बेचेर सबै सामानहरू चुक्ता गरिदिएका रहेछन् भने मोटरसाइकल दिएका रहेनछन् । सोही मोटरसाइकल ज्वाँईले नपाएको कारण उनले श्रीमतीलाई बारम्बार नै कुटपीट गरी रहने, शारीरीक तथा मानसिक याताना दिइरहने जस्ता क्रियाकलापहरू गरिरहने रहेछन् । माईती पक्षसँग मोटरसाईकल ज्वाँईलाई दिने क्षमता नभएकोले दुबै समस्या पोखिन् ती आईमाइले । अब तुलना गरौ त्रेतायुग, द्वापर युग, सत्ययुगको दाइजो प्रथा र कलियुगको विकृत बन्दै गएको दाईजो प्रथामा ।

दाईजो प्रथाको अन्त्य गरी सम्मुनत समाज र राष्ट्रको निर्माण गर्न प्रायःजसो आआफ्नो स्थानबाट हाम्रो समाजका सरोकारवालाहरू विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, बुद्धिजीवी, कर्मचारी, शिक्षक वर्ग, वकिल पेशाकर्मी उद्योगी व्यापारी संचारकर्मी मित्रहरू आदिले सक्रिय भूमिका निर्वाह गरिरहेकै छन् । तर पनि दाईजो प्रथा दिनप्रति दिन घट्नुको सट्टा बढ्दै गइरहेको अवस्था छ । मेरो विचारमा यसको मुख्य कारण पुरूषहरूमा रहेको पितृसत्तात्मक सोच नै हुन सक्छ । कारण दाइजो प्रथाको अन्त्यका लागि उपरोक्त सम्पूर्ण सरोकारवालाहरू सक्रिय रहेता पनि आफ्नो सोचमा र विचारमा परिवर्तन भएको छैन ।

परिवर्तन सम्भव छ तर शुरूवात आफै स्वयं बाट गर्नु पदर्छ भन्ने कुरा सरोकारवालाले बुझ्नु पर्दछ । दाईजो लिनुपर्छ भन्ने खालका सोच राखेका पुरूषको आफ्नै श्रीमतीले पनि होइन दाइजो लिनु पर्दैन भनरे विरोध गरिनुका सट्टा हामी महिला हौं आफ्नो श्रीमानको मुख लाग्नु हुँदैन पुरूषको कुरा काट्नु हुन्न भने अहिले पनि यहाँ धेरैमा मान्यताहरू छन् । दाइजो प्रथा अन्त्य गर्नका लागि शुरूवात गर्नु पर्दछ । केवल समाजका अगुवाहरू जस्तै शिक्षक, वकिल र वरिष्ठहरूकै कारण यिनीहरूले नै आफ्नो छोरा छोरीको विहेमा सबभन्दा बढी दाईजो लिने र दिने गर्दछन् ।

यसका साथै दाईजो प्रथाको अन्त्य गर्नका लागि युवा वर्गले यसमा सबभन्दा बढी मुख्य भूमिका खेल्नु पर्दछ । र दाइजो विरूद्धका विभिन्न कार्यक्रमहरू सरकार तथा विभिन्न संघसंस्थाहरूले निरन्तर रूपमा संचालन गरी समुदायमा जनचेतना फैलाउनु पर्ने आवश्यक देखिन्छ । स्मरण रहोस् । छोरा छोरी भनेको आफ्नै सन्तान हो । यदि कोही कसले आफ्नो सन्तानलाई दाइजो दिन्छ भने दाईजो लिने पक्षले पनि उक्त दाईजोको कदर गरी सम्मान गरेमात्र स्वीकार्य गर्नु उचित हुन्छ । कारण दाईजो भनेकै अरूले आफनो सवेच्छाबाट दिएको “दान, ईज्जत जोगाऔं हो । साथै दाईजो प्रथाबाट महिला हिंसाको अन्त्य गर्नका लागि सर्वोतम उपाय, अभिभावकले दाईजोको सट्टा आफ्नो सम्पत्तिको अँशनै प्रदान गरौं । अर्थात यदि अभिभावकसँग १ छोरो र १ छोरी छ र आफूसँग यदि १०० रूपैया बरावर को सम्पति छ भन्ने त्यही १०० रू. को सम्पत्तिबाट बरू पाँच रूपैया नै किन नहोस् अँश सम्झेर छोरीलाई दिने तथा ९५ रूपैयाँ आफ्नो छोरालाई अंश सम्झेर दिने गरेमा पनि यस समाजबाट दाईजो प्रथाको अन्त्य अवश्य एक दिन सम्भव छ । तसर्थ दाईजोप्रथा अन्त्य गर्नका लागि आजैदेखिउठौं र आफ्नो विचार सोच र व्यवहारमा परिवर्तन गरौं । (मधेश दर्पण फिचर सेवा)