धनकुटालाई प्रदेशको राजधानी बनाउने छु मन्त्री थापा

Published On: In Category: जिल्ला समाचार
धनकुटालाई प्रदेशको राजधानी बनाउने छु  मन्त्री थापा

 
धनकुटा १८ मंसिर । पाख्रिवास नगरपालिकाको निर्माण लोकतान्त्रिक गठवन्धनले गरेकोले दावी गर्दै पाख्रिवासको विकास पनि लोकतान्त्रिक गठबन्धनले मात्र गर्न सक्ने आज पाख्रिवासमा आयोजित अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेताहरुले बताएका छन् । सो चुनावीसभालाई सम्बोधन गदै लोकतान्त्रिक गठवन्धनका तर्फबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार तथा राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउँछु र पाख्रिवाससहित धनकुटा जिल्लाको समृद्धिका लागि शिक्षा, कृषि, स्वास्थ्य, सडक, पूर्वाधार, पर्यटनलगायतको विकास गरेर देखाउने बताए । उनले धनकुटाको विकाु  समृद्धिमा आफ्ना पिता स्व. सूर्यबहादुर थापाको योगदानको चर्चा गर्दै स्वर्गी पिताका अधुरा काम पुरा गर्न आफ्नो कतव्र्य रहेको बताए । उनले विश्वमै कहिँपनि कम्युनिष्ट सफल नभएको बताउँदै नेपालमा पनि समाप्त हुने बताए । 
यसैगरी प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार तथा शहीदपुत्र मनोहरनारायण श्रेष्ठले बामपन्थीहरुले बहुदल आएदेखि निरन्तर रुपमा प्रतिनिधिसभामा निर्वाचित भैरहेपनि धनकुटाको विकास र समृद्ध बनाउन सकेन । धनकुटाको विकास बामपन्थीबाट हुन नसक्ने प्रमाणित भैसकेकोले अब लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
प्रदेश सभा क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार अर्जुन थापा पाख्रिवास कृषि केन्द्रसमेत रहेको हुदाँ कृषि, स्वास्थ्य, पर्यटन र शिक्षाबाट पाख्रिवासको विकास गर्ने बताए । 
सो सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङ्गले धनकुटाको विकासमा आफु मन्त्री हुदाँ खेलेको भूमिकाको स्मरण गर्दै एमाले संकुचित पार्टी भएकोलेआफुले एमाले परित्याग गरेको बताए । राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङ्ग, नेपाली कांग्रेसका नेताहरु आनन्द सन्तोषी राई, अजितनारायण सिंह थापा, लोकतान्त्रिक गठबन्धनका प्रवक्ता तथा नेपाली कांग्रसका जिल्ला सचिव विजयसन्तोषी राई, जिल्ला सदस्य ज्ञानु गुरुङ्ग, तरुण दलका क्षेत्रीय अध्यक्ष अशोक राईलगायतले कम्युनिष्ट पार्टीहरुले देशको विकास भन्दा बढी विनाश गरेको चर्चा गर्दै लोकतान्त्रिक गठबन्धनले देश र जिल्लाको विकास  गर्न सक्ने बताए । लोकतान्त्रिक गठबन्धन पाख्रिवास नगर निर्वाचन प्रचारप्रसार समितिका संयोजक कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको सभामा स्वागत मन्तव्य राप्रपा प्रजातान्त्रिकका क्षेत्रीय अध्यक्ष श्याम गुरुङ्गले गरेको थिए । सो सभाको संचालन चुनाव प्रचार प्रसार समितिका सचिव प्रेम भण्डारीले गरेक थिए ।
सभामा केन्द्रिय कलाकारहरुले गीतको माध्यमबाट लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्दै नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।