कम्युनिष्ट डेट एक्सपायर औषधि जस्तो हो, प्रयोग खतरानाक हुन्छ सुनिलबहादुर थापा

Published On: In Category: जिल्ला समाचार
कम्युनिष्ट डेट एक्सपायर औषधि जस्तो हो, प्रयोग खतरानाक हुन्छ   सुनिलबहादुर थापा

धनकुटा । कम्युनिष्ट विचार डेट एक्सपायर औषधि जस्तो हो, यसको प्रयोग घातक हुन्छ । सो कुरा लोकतान्त्रिक गठबन्धन को आयोजनामा सम्पन्न चुनावी सभाको अवसरमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार तथा उद्योगमन्त्री सुनिलबहादुर थापाले बताएका हुन् । उनले विश्वमै लोकतान्त्रिक लहर चलेको बताउँदै पहिले विश्वमा सयभन्दा बढी देश कम्युनिष्ट थिए, अहिले ५ देशमात्र बाँकी छ । त्यसैले नेपालमा पनि कम्युनिष्ट शासन व्यवस्था कतापी लागू हुन नसक्ने बताए । 
उनले एमाले निकम्मा पार्टी भएको उल्लेख गरे । उनले छिन्ताङ हत्याकाण्डको दोषीलाई कार्वाही गर् भन्ने एमालेले ४ जना प्रधानमन्त्री हुदाँ पनि कार्वाही नगरेर निकम्मा भएको प्रमाणित गरेको बताए ।  उनले यो निर्वाचन स्वतन्त्रताका लागि कि अधिनायकवादी कम्युनिष्टका लागि प्रश्न गरे । 
मन्त्री थापाले प्रदेश नं. १ को राजधानी एमालेले इटहरी बनाउने सहमती गरिसकेकोले धनकुटा राजधानी बनाउन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए ।
सो अवसरमा निर्वाचन क्षेत्र क का उम्मेदवार मनोहरनारायण श्रेष्ठले विश्वमा असफल भएको कम्युनिष्ट नेपालमा सफल नहुने बताए । उनले झुट र विनाश गर्ने कम्युनिष्टबाट देशको विकास सम्भव नहुने बताए । उनले धनकुटामा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकास गरी समृद्ध धनकुटा बनाउन लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।
यस्तै संघीय समाजवादी फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङले जनजाति, मधेशी, महिला, सिमान्तकृत नागरिकको सम्मान एमालेले नगर्ने भएकाले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।
यस्तै निर्वाचन क्षेत्र ख का उम्मेदवार अर्जुन थापाले नेपाली जनतामा लोकतान्त्रिक संस्कार भएकाले कम्युनिष्ट परास्त हुने बताए । सो अवसरमा राप्रपाका केन्द्रिय सदस्य राजेन्द्र गुरुङले राजधानीबाट नजिक भएर पनि ओखलढुङ्गा विकास नभएको तर धनकुटा टाढा भएरपनि विकास भएको उल्लेख गर्दै धनकुटाको विकासमा स्व. सूर्यबहादुर थापाको योगदान रहेको बताए । सो अवसरमा पूर्व सभासद् लीला सुब्बा, राप्रपाका केन्द्रिय सदस्य बाल कृष्ण थापा, कांग्रेस सभापति अग्नीप्रसाद पौडेल, महासमिति सदस्यद्वय अजितनारायण सिंह थापा र आनन्द सन्तोषी राई, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, राप्रपाका नेता टिकाप्रसाद घिमिरे, समाजवादी फोरमका पार्वती राई लगायतले मन्तव्य राखेको थिए । सो अवसरमा माओवादी केन्द्र लगायत पार्टी परित्याग गरेर लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेकाहरुलाई मन्त्री थापा, उम्मेदवार श्रेष्ठ, रकम चेम्जोङलगायतले टिका लगाई प्रवेश स्वागत गरेका थिए ।
कांग्रेस नगर सभापति रोसन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुमना पौडेलले गरेकि थिईन ।