धनकुटालाई प्रादेशिक राजधानी बनाउन गठबन्धन

Published On: In Category: जिल्ला समाचार
 धनकुटालाई प्रादेशिक राजधानी बनाउन गठबन्धन

  
कम्युनिष्टहरुले लाद्न खोजेको एक दलीय शासनबिरुद्ध लोकतान्त्रिक गठबन्धन आबश्यक छ । सो कुरा राप्रपा प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपाल पत्रकार महासंघको सभाहलमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । लोकतान्त्रिक गठबन्धनले बहुदलीय ब्यबस्था, खुल्ला अर्थतन्त्र, स्वतन्त्र प्रेसलगायतलाई अबलम्बन गरेपनि बाम गठबन्धन साम्यवाद, एकतन्त्रीय शासन अबलम्बन गर्ने भएकाले यसकाबिरुद्ध लोकतान्त्रिक गठबन्धन आबश्यक रहेको औल्याए । बाम गठबन्धनले देशमा एकतन्त्रीय तानाशाही शासन व्यवस्था लगाई जनतालाई दास बनाउन खोजेको आरोप समेत लगाए । अर्को प्रसंगमा मन्त्री थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउन उम्मेद्वार भएको बताए ।
आउदो मंसिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको लागि धनकुटामा नेपाली कांग्रेस, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरमले गठबन्धन गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुइ निर्वाचन क्षेत्र रहेको धनकुटामा लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधिसभाको लागि राप्रपा (प्रजातान्त्रिक) महामन्त्री तथा उद्योगमन्त्री सुनिलबहादुर थापा र प्रदेश तर्फ क मा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति तथा निवर्तमान सांसद मनोहरनारायण श्रेष्ठ र ख मा संघीय समाजबादी फोरमका अर्जुन थापालाई उम्मेद्वार बनाएका छन् । 
यस्तै गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमका क्षेत्र नं. २ का उम्मेद्वार अर्जुन थापाले यो गठबन्धन कसैको विरुद्ध नभई धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन र धनकुटालाई समृद्ध जिल्ला बनाउन भएको बताए । सो अवसरमा क्षेत्र नं. १ का उम्मेद्वार मनोहरनारायण श्रेष्ठले पठाएका सन्देश कांग्रेस सचिव विजयसन्तोषी राईले वाचन गरेर सुनाएका थिए ।   
नेपाली कांग्रेसका सचिव राईले सञ्चालन गरेको प्रेस भेटघाट कार्यक्रममा स्वागत मन्तव्य कांग्रेस कोषाध्यक्ष दिनेश राईले गरेका थिए ।
यस्तै धनकुटामा सातै तहमा विजयी भएका नेकपा एमालेले तीनै पदमा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार दिएका छन् । एमालेले प्रतिनिधिसभा तर्फ जिल्ला अध्यक्ष राजेन्द्र राई र प्रदेश क मा निरन राई र ख मा इन्द्रमणि पराजुलीलाई उम्मेद्वार बनाएको छ ।