धनकुटामा मोटरसाईकल र्याली

Published On: In Category: जिल्ला समाचार
धनकुटामा मोटरसाईकल र्याली


धनकुटा । कार्तिक २ । नेपाल सम्वत् ११३८ को शुभअवसरमा अघिलल्ँलो दिन धनकुटामा मोटरसाईकल र्याली आयोजना गरियो । स्थानीय चुवाको बोटबाट शुरु गरिएको र्याली श्रविानी, हुलाकटोल, वीचबजार, नाशलचोक, सिरानबजार, माथिल्लोकोप्चे  हुदै कर्मिटारमा आयोजित कार्यक्रममा टिका ग्रहण गरिएको थियो ।
कर्मिटारबाट तल्लोकोप्चे, हुदै कागतेमा पुगेर रेयाली पुनः चुवाको बोटमा आएर समापन भएको थियो ।
नेवाः देः दबुःको ओयोजना र स्थानीय हुलाकटोल समाजको संयोजनमा भएको र्याली चुवाको बोटमा भेला भई समाजका थकाली (जेष्ठ नागरिक) इश्वर अकेलालगायतले टिका लगाई दिएर र्यालीको शुरुवात गरेको समाजका सुनिल डंगोलले जानकारी दिए ।
भोली अर्थात शुक्रवार श्रीवानीस्थित् दबुको कार्यालयबाट पैदल र्याली निकालिने दबुका अध्यक्ष नवीन किशोर शाक्यले जानकारी दिए ।