बैद्धिक विकासको चिठ्ठा विश्वप्रकाश श्रेष्ठलाई प्रजिअ तथा प्रहरी उपरीक्षक सम्मानित

Published On: In Category: जिल्ला समाचार
बैद्धिक विकासको चिठ्ठा विश्वप्रकाश श्रेष्ठलाई प्रजिअ तथा प्रहरी उपरीक्षक सम्मानित


धनकुटा ।
बौद्धिक विकास समाज समिति वीचबजार, धनकुटाको आयोजनामा समितिको भवन निर्माण सहयोगार्थ खोलिएको टिभी चिठ्ठाको प्रथम पुरस्कार  वीचबजार निवासी विश्वप्रकाश श्रेष्ठलाई परेको छ । यस्तै दोस्रो इटहरीस्थित व्यवसायी कुणाल इन्टरप्राईजेज र तेस्रो पुरस्कार विराटनगरस्थित सुविधा ग्यास उद्योगलाई परेको समितिका अध्यक्ष सुभाषचन्द्र जोशीले जानकारी दिए ।
सो अवसरमा जिल्लामा शान्ति सुरक्षा कायम राख्न र हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान दिएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र प्रहरी उपरीक्षक सुदिप राजभण्डारीलाई सम्मान गरिएको थियो ।
सम्मानित भएपछि प्रजिअ उप्रेतीले आफुले धनकुटामा कुनै उल्लेखनीय कार्य नगरेको केवल आफ्नो प्रशासनिक जिम्मेवारी निर्वाहमात्र गरेकोले यो सम्मानले एकातिर गौरव बनाएको र अर्कोतिर लाज लागेको उल्लेख गरे । प्रजिअ उप्रेतीले आफुले गर्नुपर्ने जिम्मेवारी इमान्दारिताका साथ निर्वाह थप उर्जा मिलेको बताए । उनले आफुले राष्ट्रसेवकको हैसियत गरेको कार्यको मूल्यांकन यस समितिले गरेर सम्मान गरेकोमा समितिलाई धन्यवाद दिए ।
यस्तै प्रहरी उपरीक्षक राजभण्डारीले यो सम्मानले आफ्नो जिम्मेवारी र कतव्र्य थप उत्साहका साथ निर्वाह गर्ने उर्जा मिलेको बताए । उनले धनकुटा जिल्ला शान्ति सुरक्षाको दृष्टिकोणले उत्तम र स्थानीयवासी सहयोगी भएकाले सफलतापूर्वक कार्य सम्पादन गर्न सहज भएको प्रतिक्रिया दिए । सम्मानित व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि तथा समितिका जेष्ठ सदस्य वीरेन्द्रकुमार श्रेष्ठले वितरण गरेका थिए ।
सो अवसरमा समितिद्वारा आयोजित विभिन्न कार्यहरुमा सहयोग गरेको भन्दै विष्णु श्रेष्ठ र कृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । सो प्रशंसापत्र वितरण गरिएको थियो । सो प्रशंसापत्र प्रजिअ उप्रेती र प्रहरी उपरीक्षक राजभण्डारीले वितरण गरेका थिए । 
यस्तै गत वर्षको एससीसीमा उत्कृष्ट नम्वरका साथ उत्तीर्ण गर्ने ३ जना सदस्य परिवारका विद्यार्थीहरुलाई प्रशंसापत्र तथा पुरस्कार स्वरुप नगद तीन हजार ६ सयका दरले वितरण गरिएको थियो । पुरस्कृत द्यिार्थीहरुमा सिम्रन श्रेष्ठ, श्रेसा श्रेष्ठ र विवेक श्रेष्ठ रहेका छन् ।  
सम्मानपत्र, प्रशंसापत्र अध्यक्ष जोशी, प्रमुख अतिथि श्रेष्ठ, विशेष अतिथि रामनारायण प्रसाद रामालगायतले वितरण गरेका थिए ।
कार्यक्रम समितिका अध्यक्ष सुभाषचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । चिठ्ठा समितिका सचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । चिठ्ठामा विमर्शमान अमात्यले सहयोग गरेका थिए ।