सबै गाउँपालिकमा कर्मचारी व्यवस्था गरिने छ सामान्य प्रशासन मन्त्री

Published On: In Category: जिल्ला समाचार
सबै गाउँपालिकमा कर्मचारी व्यवस्था गरिने छ   सामान्य प्रशासन मन्त्री

असोज ५, धनकुटा । नेपालका सबै गाउँपालिकामा आवश्यक कर्मचारी चाडै व्यवस्था गरिने छ । कर्मचारीको अभावमा दुरदराजका जनताले सेवा पाउनबाट बञ्चित हुनु परेकोले गाउँवासीले संघीयताको महसुस गर्न नपाएको सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले बताए । प्रेस सेन्टर नेपालले स्थानीय सुरभी होटलको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
देशभरका ७५३ स्थानीय तहमा प्रशासन, प्राविधिक र लेखा गरी १६ हजार जति कर्मचारीहरु आबश्यक भएको तर अहिले नौ हजार मात्र कर्मचारी खटिएको जानकारी दिए । 
सिहंदरवारको अधिकार गाउँ गाउँमा भनिए पनि कर्मचारी अभावले सो महसुस गर्न नपाएको उनले बताए । सरकारले कर्मचारीलाई खटाएको र तोकिएको ठाउँमा हाजिर गरी सेवाप्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । 
सो अवसरमा मन्त्री बस्नेतले स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरुले पनि राजनीतिक आस्थाका आधारमा खटिएका कर्मचारीहरुलाई व्यवहार गर्न नहुने बताए । 
सेन्टरका अध्यक्ष इशवर थापाको अध्यक्षतामा सम्पन्न प्रेस सम्मेलनको सञ्चालन स्मीता निरौलाले गरेकि थिईन । सो अवसरमा राज्यमन्त्री वाङ्दी शेर्पालगायत माओवादी केन्द्रका स्थानीय नेताहरु सहभागी भएका थिए ।