सिंधुवामा नेपाल बंगलादेशको ५० औं शाखा

Published On: In Category: विविध समाचार
सिंधुवामा नेपाल बंगलादेशको ५० औं शाखा

धनकुटा । किसानहरुले सहुलियत ब्याजदरमा ऋण सरकारले नीतिगत निर्णय गर्न नसकेको कारण बैंकहरुबाट पाउन नसकेको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले बताए । सो कुरा डेपुटी गर्भनर सिवाकोटीले सिंधुवा बजारमा नेपाल बंगलादेशको उद्घाटन गर्दै बताएका हुन् । सो शाखा बैंकको ५० औ शाखा हो ।
सरकारले वजेट भाषणमा किसानलाई ८ देखि १० प्रतिशतसम्मको सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । तर, नीतिगत निर्णय भने अहिलेसम्म गरेको छैन । सरकारले नेपालका ‘क’ बर्गका बैंकहरुमार्फत् किसानहरुलाई ८ देखि १० प्रतिशतसम्म व्याजदरमा रहने गरी सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भनेपनि बै.कहरुले दिन नसकेको उनेले बताए । 
बैंकहरुले किसानहरुलाई सो व्याजदरमा ऋण प्रवाह गर्न सरकारबाट ब्याज अनुदान उपलब्ध गराउनु पर्छ । तर, अहिलेसम्म यसवारेमा निर्णय नभएकाले बैंकहरुले १२ देखि १३ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेका छन् ।
किसानहरुलाई सहुलियत व्याजदरमा ऋण प्रवाह गर्ने वारेमा सरकारले समितिसमेत गठन गरेको थियो । सो समितिले ६ महिना अघि नै सरकारलाई सुझाव दिएपनि सरकारबाट हुनुपर्ने निर्णय नभएकाले कार्यान्वयन हुन नसकेको डेपुटी गर्भनर सिवाकोटीले जानकारी दिए ।
डेपुटी गर्भनर सिवाकोटीले बैकहरुले बचतमा दिने व्याज र ऋण प्रवाह गर्दा दिने अधिकतम ब्याज स्प्रेड दरमा धेरै अन्तर देखिएको बताए । अबको राष्ट्र बैंकले स्प्रेड दरको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नदिने नीति जारी गरेको बताए ।
यस्तै सो अवसरमा बैंकका सञ्चालक माधव न्यौपानेले धनकुटा र तेह्रथुम जिल्लाको सिमानाको बजारलार्ई लक्षित गरेर सञ्चालनमा ल्याएको जानकारी दिए । बैंक सञ्चालनमा आएपछि पूर्वी पहाडी क्षेत्रको आर्थिक क्रियाकलापमा सहयोग पु¥याउने सञ्चालक न्यौपानेले बताए ।
यस्तै सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुंगानाले बैंकमा नेपालीको ५९ र बंगलादेश बैंकको ४१ प्रतिशत शेयर पूँजी रहेको जानकारी दिए । उनले बैंकले नेपाल सरकारको नीतिअनुसार स्थानीय ७ सय ५३ तहमा शाखा खोलेर सरकारलाई सहयोग गर्ने बताए । सो अवसरमा सिइओ ढुंगानाले बैंकले यो वर्ष २२ वटा नयाँ शाखा खोल्ने र आगामी ५ वर्षको अवधिमा देशभर १ सय ५० शाखा सञ्चालनमा ल्याउने जानकारी दिए । उनले शाखाहरुको निर्णयमा पाँच लाखसम्म ऋण प्रवाह गर्ने जानकारी दिए । बैंकले बचतमा ६ र मुद्दतीमा १० प्रतिशतसम्म ब्याज दिने जानकारी दिए । हाल ८ अर्व पूंजी भएको बैंकले आगामी ५ वर्षमा १२ अर्व पु¥याउने पनि ढुंगानाले जानकारी दिए ।