वीपीको विचार अहिले पनि सान्दर्भि

Published On: In Category: जिल्ला समाचार
वीपीको विचार अहिले पनि सान्दर्भि

२४ भाद्र, काठमाण्डौ ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा महाानव विशेश्वरप्रसाद काईरालाको १०४ औ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले विचारगोष्ठीकोआयोजना गरेको छ । सो गोष्ठीमा केन्द्रिय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले महामानव वीपीले देशमा एकतन्त्रिय राणा शासन र एक दलीय पञ्चायत व्यवस्था ढाल्न महत्वपूर्ण योगदान दिएको बताइन । उनले वीपी दुरदर्शी नेता, विचारक र साहित्यकार भएको बताए । राज्यमन्त्री गुरुङले वीपीले सबै नेपालीको घर होस्, खेती किसानी गर्न आँगनमा एक हल गोरु होस्, बालबच्चाले शिक्षा हासिल गर्न सकोस् र विरामी हुदाँ औषधि मुलो गर्न सकोस् भन्ने सपना देखेको बताउँदै, वीपीको विचार अहिले पनि सान्दर्भिक भएको बताईन । उनले वीपीको विचारलाई नेपाली कांग्रेसले व्यवहारमा उतार्न सके देशको भलो हुने र कांग्रेसलाई कसैले हराउन नसक्ने ठोकवा गरिन् ।
यस्तै कांग्रेस धनकुटा निवर्तान सभापति तथा सासंद मनोहरनारायण श्रेष्ठले स्थानीय तहमा कांग्रेस कमजोर भएर नभई एकजुट नभएर पराजित हुनु परेको बताए । धनकुटाका केहि तहहरुमा तुलनात्मक रुपमा कांग्रेस कमजोर रहेकोले अन्य दलहरुसँग गठबन्धन गरेर जानु पर्ने आफ्नो मान्यतालाइृ स्वकार गर्न नसक्दा हार व्यहोर्नु परेको सांसद श्रेष्ठले बताए । यस्तै पूर्व उपसभापति अजितनारायण सिंह थापाले अब प्रदेश र संघको निर्वाचनमा कांग्रेस एक्लेले भन्दा अन्य दलसँग सहकार्य गरेर निर्वाचनमा सहभागी हुनु पर्ने बताए । 
सो विचार गोष्ठीमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, सचिव विजयसन्तोषी राई, पूर्व सभापति हरी अधिकारी, जिल्ला सदस्य निर्मल ओझा, प्राध्यापक रेवतीप्रसाद दाहाललगायतले वीपीको विचार समाजवादी चिन्तन महत्वपूर्ण रहेकोले सधै सान्दर्भिक रहेको बताउँदै वीपी प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस धनकुटा — काठमाण्डौ सम्र्पक समितिको आयोजनामा भृकुटीमण्डपस्थित रिर्पोटस क्लवको हलमा आयोजना गरिएको थियो । विचार गोष्ठी नेपाली कांग्रेस धनकुटा — काठमाण्डौ सम्र्पक समितिका सभापति भीम वहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सम्पर्क समितिका वरिष्ठ उपसभापति रुद्र राईले र संचालन सचिव ठगिन कुमार राईले गरेका थिए ।