धनकुटा प्रवासी बचत कोषको दोस्रो साधारण सभा सम्पन्न

Published On: In Category: विदेश खबर

रबीन थापा मगर
दोहा कतार । कतारमा कार्यरत धनकुटेलीहरुको संस्था धनकुटा प्रवासी सेवा समाज कतारको धनकुटा प्रवासी बचत कोषको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभा कतारको राजधानी दोहास्थित युनिक नेपाली रेस्टुरेन्ट को सभाहलमा सम्पन्न भएको थियो । 
बचत कोषका अध्यक्ष प्रेम जिमीको सभापतित्वमा सम्पन्न भएको सभामा समाजका अध्यक्ष ललित लिम्बु प्रमुख अतिथि र बिशेष अतिथिहरुमा समाजका प्रमुख सल्लाहकार तुलसी सुवेदी, संस्थापक तथा सल्लाहकार डि. एन. मगर र संस्थापक सदस्य पदमकुमार घिमिरे रहेका थिए । 
यसैगरी अन्य संस्थाबाट आएका बिशिष्ट अतिथिहरुमा नेपाल मगर संघ शाखा कतारका महासचिव विजयकुमार मगर, वि फाइभ ग्रुप कतारका अध्यक्ष गणेश बराल मगर रहेका थिए । उक्त कार्यक्रममा सस्थाका सहकोषाध्यक्ष केशब राना मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा जानकारी गराएका थिए । 
कार्यक्रम उपस्थित अतिथिहरुले स्थापित बचत कोषले गरेका कामको प्रसंशा गर्दै नयाँ चयन भएका कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा धनकुटा प्रवासी सेवा समाजद्वारा आयोजना गरिएको भाग्यशाली चिट्ठाको नतिजा सार्बजनिक गरिएको थियो । चिट्ठाको नतिजाअनुसार प्रथम पुरस्कार बापत बद्रुदिनले एक तोला सुन, दोश्रो पुरस्कारबापत संदेश याखाले ३२“ एलइडी टिभी, तेस्रो पुरस्कारबापत मेहरुलले स्मार्ट फोन प्राप्त गरेका थिए । यस्तै सान्त्वना परस्कार घडी पाउनेहरुमा कविता बस्नेत, भिमबहादुर खुलाल, यज्ञकुमारी मगराती, तारानारायण श्रेष्ठ र महेन्द्रबहादुर थापा मगर रहेका छन् ।
सभामा कोषका अध्यक्ष प्रेम जिमीद्वारा सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष रबीन मगरद्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको दुवै प्रतिवेदन सभाद्वारा सर्वसम्मतिले पास गरेको अध्यक्ष जिमीले जानकारी दिए । 
यस्तै सो सभाले प्रेमबहादुर जिमीको अध्यक्षतामा ७ सदस्यीय बचत कोषको नयाँ कार्यसमिति पनि चयन गरेको थियो ।
नव निर्वा्चित अध्यक्ष प्रेमबहादुर जिमीले सभामा उपस्थित सहभागिताहरुलाई बचत कोषले गरिरहेका कार्यका वारेमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रबिन थापा मगरले गरेका थिए ।