नाम परिवर्तनका लागि सिफारिस

Published On: In Category: जिल्ला समाचार
नाम परिवर्तनका लागि सिफारिस

नाम परिवर्तनका लागि सिफारिस
भदौ १९, धनकुटा । नेपालकै सबैभन्दा लामो नाम भएको गाउँपालिका खाल्सा छिन्ताङ सहीदभूभि गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । हालै बसेको गाउँकार्यपालिको बैठकले नाम लामो भएको भन्दै सानो नाम राख्नका लागि गरेको प्रस्तावलाई प्रथम गाउँसभाले अनुमोदन गरेको छ ।
गाउँपालिकाको नाम एकदमै लामो भएकाले सर्वसाधारणलाई बोल्न र लेख्न झण्झटिलो र अव्यवहारिक भएको जनगुनासो बढेको थियो । लामो रहेको नामबाट छिन्ताङ र खाल्सा हटाएर ०३६ सालमा यस क्षेत्रका जनताले दिएको शहादतलाई सम्मान गर्दै ‘शहीदभूमि’ गाउँपालिका राख्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए ।
सो गाउँसभाको निर्णय गरी गरेको सिफारिस संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ । मन्त्रालयले स्वीकृति दिएपछि गाउँपालिकाको नाम शहीदभूमि रहने अध्यक्ष राईले जानकारी दिए ।
पहिले यस क्षेत्रलाई खाल्सा क्षेत्र भनिन्थ्यो ।