टोलावस्तीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

Published On: In Category: जिल्ला समाचार
टोलावस्तीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना


धनकुटा । धनकुटा नगरपालिका वडा नं.६ दिपाचोक टोलवस्ती संगठनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ । स्थानीय धौलागिरी होटलको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित मेयर, उपमेयर तथा वडा नं. ६ का वडाध्यक्ष एवम् वडासदस्यहरुहरुलाई स्वागत तथा सम्मान गरेको छ । 
सो अवसरमा मेयर चिन्तन तामाङले निर्वाचनको क्रममा कुनै दलको प्रतिनिधि भएपनि नगरको विकासको लागी कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्ने आश्वासन दिए । उनले नगरपालिकाको पहिलो काम स्थानीयतहबाटै जनताको काम छिटोछरितो रुपमा सम्पादन गर्न सबै वडाा डिा कार्यालय स्थापना गरिने बताए । मेयर तामाङले गत आवमा तय भएको योजनाहरुलाई परिस्कृत गर्दै लगिने बताए । उनले नगरलाई खरविहीन बनाईने बताए । उनले नगरपालिका द्दोषणा भएको ४० वर्ष लाग्दा पनि नगरको अनुभूति नभएका दुरदराजका ग्रामीण वस्तीहरुलाई नगरको प्रत्याभूति हुने कार्यक्रम ल्याईने जानकारी दिए ।
त्यसैगरी उपमेयर सकुन्तला बस्नेतले लामो समयपछि जनप्रतिनिधि आएकाले नगरवासीहरुको विकासको माग, चाहना धेरै भएका बताए । उनले क्रमागत रुपमा नगरको विकास गर्न नगरपालिका लागी परेको वताईन् । उनले सुगम भन्दा पनि दुर्गम क्षेत्रलाइृ प्राथमिकता दिनु पर्ने बताईन । 
सो अवसरमा  पूर्ववडाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले सबैको चाहनाअनुसारको विकास निर्माणको चाहना एकै पटक पुरा गर्न सम्भव नहुने बताए । उनले प्राथमिकताका आधारमा क्रमागत रुपमा जनचाहना पुरा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले धनकुटा बहुमुखी क्याम्पस पहिले पूर्वकै शैक्षिक केन्द्रका रुपमा रहेको तर अहिले ओझेल रेको बताउँदै यसलाई अहिलेको माग र आवश्यकताअनुसारको प्राविधिक शिक्षा सञ्चालन गर्नु पर्ने धारणा राखे । यस्तै नवनिर्वाचित वडाध्यक्ष नरेश श्रेष्ठले वडा नं. ६ मा साविक वडा नं. ३ समेत समावेश गरिएको बताउँदै ग्रामीण क्षेत्रमा विकासको पहुँच लानु पर्ने पहिलो आवश्यकता रहेको बताए । उनले वजेट सीमित तर आवश्यकता र चाहना असीमित भएका बताउँदै क्रमागत रुपमा जनचाहनाअनुसारको काम गर्दै जाने जानकारी दिए ।
दिपाचोक टोल वस्ती संगठनका अध्यक्ष कृष्णवहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका सल्लाहकार सुन्दरबाबु श्रेष्ठ, गोकुण्डेश्वर उच्च माध्यामिक विद्यालयका प्राधानाध्यापक यज्ञप्रकाश चापागाँई, सरस्वती टोलवस्ती संगठनका अध्यक्ष दुर्गा निरौलाले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा उद्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष तारा तितुङ तामाङ,  आत्मारा टोलवस्ती संगठनका प्रतिनिधि माधव पोख्रेललगायत उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन दिपाचोक टोलवस्ती संगठनका सचिव तुलसी पुरीले र स्वागत मन्तव्य सदस्य मुना पराजुलीले गरेका थिए । सो अवसरमा मेयर तामाङ, उपमेयर बस्नेत, वडाध्यक्ष नरेश श्रेष्ठ, वडासदस्यहरु मिलन नेवाः खड्गी, वेणुवहादुर कार्की, महिला सदस्य हिरादेवी राई र दलित महिला सदस्य मुना देवी रम्तेललाई खादा, माला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।