स्वरोजगारका लागि शीप मुलुक तालिम

Published On: In Category: जिल्ला समाचार
स्वरोजगारका लागि शीप मुलुक तालिम

धनकुटा, १७ साउन ।
युवा पलायन रोक्न तथा स्वरोजगार अभिबृद्धि गर्न नेपाली कांग्रेस धनकुटाले तीन महिने निःशुल्क सुईटर बुनाई लगायतका तालिम शुरु गरेको छ । आधुनिक प्रविधियुक्त कम्प्युटर प्रविधि मार्फत सुईटर बुन्ने मेशिनबाट सुईटर बुन्ने तालिम दिन लागेको नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए । 
नेपाली कांग्रेसका निर्वतमान सभापति तथा सांसद मनोहरनारायण श्रेष्ठको सांसद विकास कोष र पार्टीको आन्तरिक व्यवस्थापनमा १५ लाख रुपैया वरावरको लागतमा सो मेसिन खरीद गरिएको जानकारी सचिव राईले दिए । भीम नारायण स्मृति भवनमा संचालन गरेको सुईटर बुन्ने तालिम १६ जना सहभागी भएका छन् । यस्तै सिलाई कटाई सम्बन्धित तालिममा १४ जना र आधारभूत कम्प्युटर तालिममा २० जनाले भाग लिईरहेको सचिव राईले जानकारी दिए । कम्प्युटर प्रविधिबाट सुईटर बुनाई तालिम र सिलाई कटाई सम्बन्धि तालिमका प्रशिक्षक सुनिलकुमार सैनी छन् ।
रोजगारको अभावमा वर्षमा लाखौं युवा विदेश पलायन हुन वाध्य छन् । यसलाई केहि हदसम्म भएपनि रोक्दै स्वरोजगार बनाउने उद्देश्यले नेपाली कांग्रेसले यस्ता तालिम सञ्चालन गर्दै आएको छ । कांग्रेसले गत वर्षमा मात्रै सिलाई कटाई तालिम, कुक, वेयटर, सुरक्षा गार्ड, हाउस वायरिङ्ग, व्यूटीसियनलगायतका तालिम संचालन गरेका थिए । यी तालिमहरुमा स्थानीय ३ सय ५६ जनाले शीप हासिल गरेका थिए । 
नेपाली कांग्रेसले जिल्लामा वर्षभरी नै स्वारोजगारमूलक तालिम निःशुल्क रुपमा सञ्चालन गर्ने नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।