सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

Published On: In Category: जिल्ला समाचार
सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न

धनकुटा । राष्ट्रिय सूचना आयोग तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको सहकार्य र नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा सूचनाको हक सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम कानूनमा व्यवस्था भएको सूचनाको हक सम्बन्धमा जानकारी दिने उद्देश्याले आयोजना गरिएको महासंघको अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सूचनाको हक सम्बन्धि ऐन तथा नियमावलीका वारेमा वरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा संविधानमा उल्लेख गरिएका सूचनाको हक सम्बन्धमा जानकारी दिएका थिए । उनले सूचनाको हक आमनागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गरे ।
सो कार्यक्रममा संस्थाका सल्लाहाकारहरु एवम् पूर्व केन्द्रिय उपाध्यक्ष तथा महासंघ धनकुटा शाखाका संस्थापक सञ्जयसन्तोषी राई, पूर्व अध्यक्ष मोहन बान्तावा, निवर्तमान अध्यक्ष खगेन्द्र घिमिरे, पूर्व केन्द्रिय सदस्य सिद्धराज राई, भेषराज ककेल, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाका प्रमुख प्रेमप्रसाद भट्टराईलगायतले सूचनाको हक प्रयोगका बिषयमा विचार राखेका थिए । कार्यक्रममा जिल्लास्थित क्रियाशील ४१ जना पत्रकारहरुको सहभागी रहेको थिए ।
महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विदुर खवास र स्वागत मन्तव्य कोषाध्यक्ष नारायणकुमार राईले गरेका थिए ।