मनसिक रोगी युवा १३ वर्षदेखि खोरमा

Published On: In Category: जिल्ला समाचार
मनसिक रोगी युवा १३ वर्षदेखि खोरमा

धनकुटा । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मानसिक र शारीरिक रुपमा अपाङ्गता भएका धनकुटाका एक युवकलाई एक दशकदेखि खोरमा थुनिएर राखिएका छन् । धनकुटा नगरपालिका ३ सिप्तिङटोलका १८ वर्षिय रुद्रबहादुर राई विगत १३ वर्षदेखि टहरो नजिकैको खोरमा थुनिएका छन् । उनको परिवार सहृदयी सहयोगी पाए उपचार गर्ने बताउँछन् ।
उनी बाल्यकालमा छिमेकसम्म हिडडुल गर्नसक्थन । तर, उमेर बढ्दै गएपछि हातखुट्टा चल्न छाडेको परिवार बताउँछन् । उनको शारीरिक र मानसिक अबस्था कमजोर बन्दै गएपछि अभिभावकले खोरमै छोडेर घरको काम र मेलापात जाने गरेको बताउँछन् । 
विपन्नताका कारण खर्च अभावमा उपचार गराउँन सदरमुकामको अस्पतालसम्म पनि पु¥याउन नसकिएको उनकी आमा गंगा मायाँ राईले जानकारी दिईन । सहृदयी सहयोगी पाए बाहिर शहरका ठूला अस्पतालमा उपचारका लागि लाने आमा राई बताउँछिन । निज राईले नेपाल सरकारबाट मासिक दुई हजार रुपैयाँ निर्वाहभत्ता भने पाउँदै आएका छन् ।