भूकम्पपींडितहरुको घर नक्सा पास निःशुल्क

Published On: In Category: जिल्ला समाचार
भूकम्पपींडितहरुको घर नक्सा पास निःशुल्क

धनकुटा । धनकुटा नगरकार्यपालिकाले प्रथम बैठक सम्पन्न भएको छ । बैठकले नगरका भूकम्प पींडितहरुलाई नयाँ घर बनाउँदा नक्सा पास गरेवापत लाग्ने कर निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका मेयर चिन्तन तामाङको अध्यक्षतामा बसेको बैठकबाट सो निर्णय गरेको हो । उक्त निर्णयबाट भूकम्प पींडितहरुले नक्सा बापतको तिर्न पर्ने न्यूनतम १० हजारदेखि ४० हजारसम्म रकम छुटको लाभ लिनसक्ने कार्यपालिकाका नवनियुक्त प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष जमशेर छाराले जानकारी दिए ।
भूकम्पपीडितलाई घर बनाउन सरकारले तीन लाख अनुदान रकम दिएको थियो । सो रकम पाउने धनकुटा जिल्लाका २ हजार ७ सय ९६ घरधुरी मध्ये उक्त सेवाबाट धनकुटा नगरमा ४ सय २७ जना पींडित परिवारले सुविधा पाउने कार्यपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले जानकारी दिए ।
यस्तैगरी कार्यपालिकाको प्रथम बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सहयोग गर्ने मुख्य निवाृचन कार्यालय, राजनीतिक दलहरु, स्थानीय प्रशासन, सुरक्षा निकाय, मतदाता, सञ्चरकर्मीलगायत सम्पूर्ण सहधागीलाई धन्यवाद दिने निर्णय गरेको छ । यस्तै बैठकले उपप्रमुख सकुन्तला बस्नेतको संयोजकत्वमा राजश्व परामर्श समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा कार्यकारी अधिकृत तीर्थ घिताल, सदस्यमा वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,  वडा नं. १० का वडाध्यक्ष कमलबहादुर कार्की, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, नगरका राजश्व अधिकृत राजु गुरागाई रहेका छन् । 
यस्तै बैठकले करार र अस्थायी कर्मचारीको समयावधि ६ महिना थप्ने, र वडा कार्यालय सञ्चालन गर्न बाँकी वडाहरुमा यथाशीघ्र सञ्चालन गरिने निर्णय गरेको छ । यस्तै धनकुटा बजारको पार्किङ ब्यवस्थापन, राजश्व परार्मश, बजेट तर्जुमा, श्रोत अनुगमनलगायतको विभिन्न १३ वटा समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता छाराले जानकारी दिएको छ ।