संगीतकार तथा समाजसेवी श्रेष्ठको निधन

Published On: In Category: जिल्ला समाचार
संगीतकार तथा समाजसेवी श्रेष्ठको निधन

धनकुटा २८ गते । हिजो मंगलवार धनकुटाले दुई हस्ती गुमाउन वाध्य भयो । शिक्षाविद् शिवकुमार श्रेष्ठको विहान ११ः४५ मा भक्तपुरस्थित मध्यपुर अस्पतालंमा निधन भयोभने अर्का हस्ती संगितकार तथा समाजसेवी ओमकार श्रेष्ठको साँझ ६ः०० वजेतिर विराटनगरमा निधन भयो ।
स्व. श्रेष्ठ धनकुटाका पुराना गायक तथा संगितकार थिए । स्व. श्रेष्ठ स्थानीय नव कलाकार सांस्कृतिक संस्थाका संस्थापक अध्यक्ष थिए । यस्तै स्व. श्रेष्ठ नेपाल परिवार नियोजन संघ धनकुटाको लामो समय सभापति भएर कार्य गरिसकेका छन् । यस्तै संघको केन्द्रिय सदस्य समेत भएका थिए । स्व. श्रेष्ठ धनकुटा नगर विकास समितिका अध्यक्ष समेत भएका थिए । 
स्व. श्रेष्ठले आफ्ना पितामाताको नाममा इन्द्र मोहन स्मृति गुठी स्थापना गरी गायक, कलाकार, साहित्यकार, पत्रकारलगायत समाजमा उल्लेखनीय कार्य गर्नेहरुलाई सम्मान गर्दै आएका छन् । लामो समयदेखि मधुमेहबाट पीडित श्रेष्ठ निर्वाचनको क्रममा धनकुटा आएका थिए । २० वर्ष पछि हुन लागेको निर्वाचनमा मतदान गर्न आएका श्रेष्ठ अचानक धनकुटामा विरामी भई उपचारका लागि विराटनगर लगेका थिए । 
धनकुटा नगरपालिका वडा नं. ६ वीचवजार निवासी श्रेष्ठ, उपचार गराईराख्नु पर्ने भएकाले केहि समयदेखि परिवारसहित काठमाडौंमा छोरा स्वीकार श्रेष्ठसँगै बस्दै आएका थिए । स्व. श्रेष्ठका एक पत्नि, एक छोरा र एक छोरी छन् ।