एमाले बहुमत ल्याएर सरकार बनाउँछ अध्यक्ष ओली

Published On: In Category: राष्ट्रिय समाचार
एमाले बहुमत ल्याएर सरकार बनाउँछ अध्यक्ष ओली
धनकुटा, २४ असार ÷ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका धनकुटा जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द म्याच घोषणा गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका सात वटै तहमा विजय हासिल गर्न सफल भएको भन्दैे एमाले धनकुटालाई बधाई दिएका हुन् । अध्यक्ष ओलीले विभिन्न शक्तिहरुको गठबन्धनका बाबजुद पनि एमालेले सात वटै तहमा विजय हासिल गर्न सफल भएकाले पार्टी अध्यक्ष राईलाई म्यान अफ द म्याच घोषणा गरेका हुन् । एमाले धनकुटाले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले जित त पाख्रीवास नगरपालिकाको जस्तो हुनु पर्ने भन्दै नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमलाई पनि म्यान अफ द म्याच घोषणा गरे । पाख्रीवास नगरपालिकामा एमालेले मेयर, उपमेयर सहित १० वटै वडामा प्यानल अन्य दलविहीन जित हासिल गरेका थिए । विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्घोष गरे–“जित त धनकुटाको जस्तो हुुुनु प¥यो । पाख्रीवासको जस्तो हुनु पर्छ । यो सन्देश पार्टीका सबै नेता, कार्यकर्तामा पुग्न जरुरी छ । सिक्न जरुरी छ ।”
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनबाट एमाले मुलुकको पहिलो पार्टी बन्न सफल भएको उल्लेख गर्दै पार्टी अध्यक्ष ओलीले प्रदेश नं. २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । एमाले कुनै जात, धर्म, भूगोल, सम्प्रदायको लागि मात्र राजनीति गर्ने पार्टी नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले सिंगो देशको लागि एमालेले राजनीतिक गरेको बताए । उनले भने–एमाले संघीयता विरोधी, जनजाति विरोधी, मधेशी विरोधी भएको भए संविधान सभाको सभामुख सुवास नेम्बाङलाई कसले बनायो । नेपालको पहिलो महिला राष्ट्रपति कसले बनायो । प्रश्न गरे ।
अर्को प्रसंगमा एमालेलाई सरकारमा जान हतार नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले स्पष्ट बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताए । मुलुकको ठूलो पार्टीको रुपमा रहेको नेपाली काग्रेसको स्थानीय तहको निर्वाचनबाट जनताले सिंङ र जुरो खुस्काई दिएको व्यंग गर्दैै एमाले विरोधीहरुलाई तडक भडक नगर्न चेतावनी दिए । एमालेको एउटै मात्र संकल्प देश निर्माण गर्ने रहेकोले निर्वाचित जनप्रतिनिधिबाट कुनै पनि खालका जालझेल, भष्ट्राचार नहुने प्रष्ट पारे ।
बिजय सभामा पार्टीका केन्द्रीय सचिव प्रदीप ज्ञावाली, पार्टी सचिव एवम् प्रदेश नं. १ का संयोजक भीम आचार्य, काठमाण्डौका पूर्वमेयर केशव स्थापित लगायतले बिजयी जनप्रतिनिधिहरुलाई बधाई दिएका थिए भने निर्वाचित प्रतिनिधिहरुको तर्फबाट खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले प्रतिबद्धता मन्तव्य राखेका थिए । मेयर तामाङले अध्यक्ष ओलीसँग धनकुटालाई प्रादेशिक राजधानी बनाउन पहल गर्न अनुरोध गरे ।
सभा जिल्ला अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको थियो । सभाको सञ्चालन जिल्ला सचिव सुरेन्द्र पौडेलले गरेको थिए । सञ्चालनको क्रममा सचिव पौडेलले अध्यक्ष ओलीसँग फस्ट हेण्ड नभएपनि सेकेण्डहेण्ड गाडी जिल्ला पाटीका लागि मागेका थिए । साथै जिल्ला सचिव पौडेलले धनकुटालाई राजधानी नबनाएपनि कुनै इकाई दिन अध्यक्ष ओलीसँग माग गरे । 
विजयसभा अघि एमालेले नगर परिक्रमा गरेका थिए । १२ वजे गर्ने भनिएको सभा अध्यक्ष ओली ४ घण्टा ढिलो आएका थिए । ढिलो भएपनि एमालेका कार्यकर्ता तथा धनकुटावासी ओलीको मन्तव्य सुन्न प्रतीक्षा गर्दै बसिरहेका थिए ।