धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ पराजित राईले खदा लगाई दिए

Published On: In Category: जिल्ला समाचार
धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ पराजित राईले खदा लगाई दिए

धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ
पराजित राईले खदा लगाई दिए

धनकुटा ।  कडा प्रतिस्पर्धाका विच धनकुटा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका तर्फवाट उम्मेदवार भएका चिन्तन तामाङ ४ हजार ९ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन । 
उनका निकटम प्रतिस्पर्धी नेपाली काग्रेसका दिनेश आठपहरिया राईले ४८१९ मत प्राप्त गरेका छन् । यस्तै उप–प्रमुखमा नेकपा एमालेकी शकुन्तला बस्नेत ५ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका रेणु श्रेष्ठले ३ हजार ३ सय ९२ मत प्राप्त गरेकी छन् । केवल १ सय १४ मतको अन्तरले पराजित भएका राईले निर्वाचित मेयर चिन्तन तामाङ र उपमेयर शकुन्तला बस्नेतलाई खादा लगाएर विजयीको शुभकामना दिएका थिए । सो अवसरमा नेपाली कांग्रेसको तर्फबाट पार्टी सचिव विजय सन्तोषी राईले पनि खादा लगाएर नवनिर्वाचित मेयर तामाङ र उपमेयर बस्नेतलाई शुभकामना दिएका थिए ।
यो सगँै धनकुटाका पाँच वटा स्थानिय तहमा नेकपा एमाले विजयी भएको छ । अन्य दुई तहको मतगणना कार्य जारी रहेको छ । प्राप्त पछिल्लो विवरण अनुसार दुवै स्थानमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेले पाख्रिवास नगरपालिका, चौविसे गाउँपालिका, छथरजोरपाटी गाउँपालिका र खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षमा जित हासिल गरेको छ । अहिले साँगुरीगढी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको मत गणना कार्य जारी रहेको छ ।
पाख्रिवास नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विर्खबहादुर राई ४ हजार ४ सय ३९ मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा थापाले १ हजार ६ सय २८ मत प्राप्त गरेकि छिन । यस्तै गरी उप–प्रमुखमा नेकपा एमालेकी देवकला पौडेल तिम्सिना ४ हजार ४ सय २६ मत प्राप्त गरी निर्वाचित भएको अधिकृत मनोज आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी ज्ञानबहादुर गुरुङ्गले १ हजार ८ सय ३३ मत प्राप्त गरेका छन् । पाख्रिवास नगरपालिकामा रहेका १० वटै वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ । 
यता खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाँउपालिकाका अध्यक्षका उम्मेदवार मनोज राई ४ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पधी नेकपा माओवादीका भरतसिंह राईले १ हजार, ५ सय ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेका रत्नश्वरी राईले ३ हजार, ९ सय १६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत हरि वस्तीले बताएका छन् । 
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीकी रामकुमारी राईले १ हजार ५ सय ३४ मत ल्याएका छन् । 
यसैगरी धनकुटाको छथरजोरपाटी गाउँपालिकामा नेकपा एमालेले विजयी प्राप्त गरेको छ । सम्पन्न मतगणना अनुसार अध्यक्षमा नेकपा एमालेका शेरबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले ३ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विष्णु पारघरीले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका भिमकला श्रेष्ठ ३ हजार २ सय ८९ मत प्राप्त गरी निर्वाचित हभएको निर्वाचन अधिकृत शेखरवावु कार्कीले बताएका छन् ।
उनका निकटतमा प्रतिस्पधी गीता खेवा लिम्वुले २ हजार ७३ मत प्राप्त गरेका छन् । यस्तै ७ वटा वडा रहेको उक्त गाउँपालिकामा ६ वटा वडामा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ भने वडा न. २ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार १ मतले निर्वाचित भएका छन् । 
यस्तै धनकुटाको चौविसे गाउपालिकामा नेकपा एमालेले विजयी हात पारेको छ । अध्यक्षमा नेकपा एमालेका खजिन्द्र राई निर्वाचित भएका छन् । उनले ३ हजार ७ सय ८२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका हर्कराज चेम्जोङले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका यज्ञकुमारी रुचाल ३ हजार ६ सय ९६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
उनका निकटतमा प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका उपेन्द्र लावतीले २ हजार ६ सय ९९ मत प्राप्त गरेका छन् । चौविसे गाउँपालिकामा नेपाली काग्रेस र संघीय समाजवादी फोरम विच तालमेतल भएको थियो ।