मेरो तलव गरिव विद्यार्थीहरुको छात्रबृत्तिका लागि

Published On: In Category: जिल्ला समाचार
मेरो तलव गरिव विद्यार्थीहरुको छात्रबृत्तिका लागि


 नेपाली कांग्रेसका तर्फबाट धनकुटा नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुहुन्छ, दिनेश राई । भर्खर ३९ वर्ष पुरा गर्नु भएका राई, नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षसमेत हुनुहुन्छ । सानै उमेरदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा क्रियाशील राई आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई वीचमै थाती राख्दै सरकारी जागिर खानु भयो । १२ वर्षको जागिरको क्रममा कुनै प्रकारको अनियमितता गर्नु भएको कहि कतै कसैले आरोप लगाएको सुनिएको छैन । इमान्दार, लगनशील र कतव्र्यनिष्ठ राई, जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुनुहुदाँ सबैको प्रिय नै भएर रहनु भयो । जागिर र त्यो पनि इमान्दार । परिवार पाल्न समस्या हुने देखेपछि व्यापार व्यवसायमा हात हाज्नु भयो । त्यतिखेर धनकुटामा कम्प्युटर पसल नभएको र आफु पनि यहिँ विषयमा जान्ने बुझ्ने भएकोले यसकै व्यवसाय शुरु गर्नु भयो । नयाँ व्यवसाय भएकाले थोरै समयमा नै राम्रो आम्दानी गर्न सफल हुनुभयो । यसका साथै अन्य व्यवसायमा पनि हात हाल्न थाल्नु भयो । अहिले उहाँले कम्प्युटरबाहेक सहकारी संस्था, होटल, सवारी यातायातलगायतका क्षेत्रमा व्यवसाय बढाउनु भएको छ । उहाँकै पहलमा अहिले धनकुटामा टाटासुमो सञ्चालनमा आएको हो ।
उहाँ सफल व्यवसायीका साथसाथै दयावान समाजसेवी पनि हुनुहुन्छ । उहाँले गरिव, असहाय विद्यार्थीहरुका लागि आफ्ना मातापिताको नाममा छात्रबृत्ति कोष स्थापना गरी छात्रबृत्ति दिदै आउनु भएको छ । उहाँले जनताका समस्या समाधान गर्न सधै तत्पर रहदै आउनु भएका मेयरका उम्मेदवार दिनेश राई सँग धनकुटा साप्ताहिकसँग गरिएको कुराकानीको छोटो अंश ।
ृ तपाईलाई कलिलो उमेरका र अनुभवहिन उम्मेदवार भन्छन् नी ? 
   पहिलो कुरा कुन उमेर पाको हो ? नेपालमा एक सय चार वर्षको जहानियाँ राणशासन ठाल्न शहादत दिनुभएका शहीद गंगालाल श्रेष्ठको उमेर कति थियो ? मात्र २२ । यस्तै यो शासन ठाल्ने दल नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोईराला ३६ वर्षको उमेरमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो । अहिले म ३९ वर्षको भए । के म कलिलो हुँ ? र रह्यो अनुभवहिनको कुरा । मैले नेपाली विद्यार्थी संघदेखिको राजनीतिक यात्रा आरम्भ गरेको हुँ । त्यस्तै लगभग १२ वर्ष जिल्ला प्रशासनमा काम गरेर सरकारी कार्यालयको अनुभव पनि लिएको छु । म तरुण दलको जिल्ला उपाध्यक्ष हुदै जिल्ला अध्यक्ष र नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्ष भएको छु । यसका अलावा विभिन्न सामाजिक संघसंस्था, सहकारी, व्यवसायमा संलग्न छु र सफल भएको छु । म कसरी अनुभवहिन भए ?
ृ तपाई सफल व्यवसायी । अनि कसरी राजनीतिमा आउनु भयो ?
त्र म अहिले राजनीतिमा आएको हैन । क्याम्पस पढ्दै गर्दादेखि नै आदरणीय दाई तथा सांसद मनोहरनारायण श्रेष्ठ र दाई नवीनकिशोर शाक्यको संगतले विद्यार्थी राजनीतिमा आएको हुँ । तर, राजनीतिले मात्र जीवन नचल्ने भएकाले सरकारी सेवामा संलग्न भए । जागिरसँगै व्यापार व्यवसाय समेत गर्न थाले । व्यापारमा सफल हँुदै गएपछि जागिर छाडेर व्यवसाय र राजनीति सँगसँगै गर्न थालेको छु । बच्चादेखि नै आफ्नो गाउँ र ठाउँका लागि केहि गर्ने चाहना भएकाले पनि राजनीतिमा क्रियाशील भएर लागिरहेको हुँ ।   
ृ तपाई धनकुटा नगरको मेयर हुनुभयो भने आगामी पाँच वर्षभित्र यो नगरको के कस्तो परिवर्तन हुन्छ ? तपाईसँग नगरको विकास गर्ने के कस्ता योजनाहरु छन् ?
    मलाई नगरवासी आमाबुवा, दाजुभाई दिदीबहिनीहरुले विश्वास गरेर मेयर पदमा विजयी गराउनु भयो भने म उहाँहरुले गर्नु भएको विश्वासलाई घात नहुने गरी काम गर्ने छु । म ठूला ठूला राम्रा कुरा गर्नेमा भन्दा साना साना राम्रा काम गर्नु पर्छ भन्नेमा विश्वास राख्ने मान्छे हुँ । म यति विश्वास दिलाउन चाहन्छु, पाँच वर्षभित्र यो नगरले मुहार अवश्य फेरिने छ । यो नगरलाई आर्थिक रुपमा सम्पन्न गर्ने खालका योजनाहरु छ, मसँग । 
म मेयर भएभने यो नगरमा रोजगारको अवसर बृद्धि गर्ने, व्यापार व्यवसाय फस्टाउने खालका योजनाहरु छन् । यस्तै सर्वसाधारण जनताको पहुँचमा सर्वशुलभ र विश्वासिलो स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाका लागि मेरो पहिलो कर्तव्य हुने छ । यसका साथै अव्यवस्थित नगरलाई व्यवस्थित गर्दै नगरका १० वटै वडामा वस्ती विकासका कार्यक्रमहरु शुरुवात गर्ने छु । र, धनकुटालाई प्रदेश नं. १ को प्रादेशिक राजधानी बनाउन विशेष पहल गर्नेछु ।
ृ के यि सबै कुराहरु पुरा गर्न सम्भव छ ? यो हावादारी गफ हैन भनेर कसरी विश्वास गर्ने धनकुटेली जनताले ?
त्र यो सबै कार्य सम्पन्न गर्न अवश्य पनि सम्भव छ । यो निर्वाचनमा जित्नका लागि मात्र दिईएको नारा हैन । एक माघले जाडो जादैन भनेजस्तो म एक पटकका लागि मात्र भनेर राजनीतिमा आएको हैन । मेरो गन्तव्य धेरै माथिको छ । त्यसका लागि मैले प्रतिवद्धता जाहेर गरेको काम सफल गर्नैपर्छ भन्ने मलाई लाग्छ । 
यी कार्यहरु पुरा गर्नका लागि आत्मविश्वास, इमान्दारिता, कार्ययोजना, सम्पर्क, सहकार्य र विश्वास आवश्यक हुन्छ । अर्को कुरा यी सबै काम म एक्लेले गर्ने पनि हैन । कतिपय कुराहरु केवल वातावरणमात्र बनाईदिने हो, भने निजी क्षेत्रबाटै पनि सम्भव छ । कतिपय कार्य सम्पन्न गर्नकालगि निजी क्षेत्रबाहेक सरोकारवाला निकायहरु, गैरसरकारी संस्था, प्रदेश तथा केन्द्र सरकार, दातृ निकाय, मित्र राष्ट्र लगायतबाट पनि सहयोग लिनु पर्ने हुन्छ ।  
ृ अहिलेको अवस्थामा नगरवासीलाई रोजगारीको बृद्धि कसरी गर्नु हुन्छ ?
    यो सम्भव छ । पहिलो कुरा यसका लागि विश्वासिलो वातावरण कै आवश्यकता छ । यहाँ पर्यटन विकासका प्रचुर सम्भावना छ । यहाँको धार्मिकस्थलहरु, मठमन्दिर, गुम्वाहरुलाई संरक्षण, सम्वद्र्धन गर्दै प्रचारप्रसार गर्न सक्यौ भने यो ठाउँ धार्मिक पर्यटन केन्द्र बन्न सक्छ । तपाई पनि थाहाँ होला । लाखौ नेपाली धार्मिक उद्देश्य बोकेर तिरुपति बालाजी, कामाक्षदेवी, बद्रीनाथ, केदारनाथ, हरिद्वारलगायत भारतको तीर्थस्थलहरुमा जान्छन् । हामी यहाँ पनि नेपाली मात्रै हैन भारतीय तीर्थयात्रुहरुलाई पनि आकर्षण गर्न सकिन्छ ।
यसका लागि हामीसँग नगरको प्रवेशमै पवित्र तमोर नदी र उत्तर भएर बग्ने लेउती खोला छ । विश्रान्ति मन्दिर अगाडि मुलघाट नदीमा विशाल शिवको मुर्ति प्रतिस्थापन गर्ने योजना छ । यो निर्माण पछि मुलघाट क्षेत्रमा धार्मिक तीर्थयात्रीहरुको ओईरो लाग्ने छ । अहिले नै यहाँ पिकनिक खान आउनेहरुको ओईरो छ । यहाँ सुविधायुक्त व्यवस्थित पिकनिकस्पट बनाईदिए यहि नै रोजगारको अवसर त्यतिकै बृद्धि हुन्छ ।
यसका अलावा हिलेमा पनि विशाल बुद्धको मुर्ति प्रतिस्थापन गर्ने योजना छ । यहाँ बसोवास गर्ने विभिन्न जातजातिहरुको चाडपर्व जात्राहरुलाई संरक्षण र संवद्र्धन गर्दै पर्यटकीय दृष्टिकोणले प्रचारप्रसार गरिने छ । यहाँका आदिवासी आठपहरिया जातिको रहनसहन, भेषभुषालाई आन्तरिक तथा बाह्य पर्यटक तान्ने माध्यम बनाउन सकिन्छ । तपाईले सौराहामा थारु संस्कृति हेर्न जानु भएको होला । वा यस वारेमा सुन्नु भएकै होला । त्यहाँ थारु संस्कृति, पर्यटक तान्ने माध्यम बन्न सक्छ भने यहाँ आठपहरिया जातिको कला, संस्कृति किन बन्न सक्दैन ? बनाउनु पर्छ हामीले । बनाउने योजना छ, मसँग ।
यस्तै हामी कहाँ छिन्ताङदेवी, निशानदेवी, विश्रान्ति मन्दिर, मधुगंगा, धर्मगंगा, सिद्धीविनायक, शिवालयहरुलगायत मठमन्दिरहरु र हिलेमा गुम्वाहरु छन् । यहाँ हिन्दू तथा बौद्ध धर्मावलम्वीहरुलाई आकर्षण गर्ने गरी विकास गर्न सकिन्छ । यस्तै यहाँका जातजातिहरुको चाडपर्व, जात्रालाई पर्यटन प्रवद्र्धन गर्नेगरी विकास गर्न सकिन्छ ।     
ृ भनेपछि धार्मिक पर्यटनको सम्भावना देख्नु हुन्छ ? 
    यहाँ धार्मिक मात्र हैन प्राकृतिक, साहसिक पर्यटनको पनि सम्भावना छ । यहाँ चुलीवनलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ । यस्तै सल्लेरीवन, हिले सिरानस्थित थामडाँडालगायत प्राकृतिक मनोरमस्थल छन् । यस्तै साहसिक पर्यटनका रुपमा यहाँ रहेका ठूला ठूला चट्टानमा रकक्लाईम्विङ, तमोर नदीमा ¥याफ्टिङ, छोटो दुरीको पैदल यात्रा सञ्चालन गर्न सकिन्छ ।   
ृ यो वस्ती विकास चाहिँ किन र कसरी गर्न सकिन्छ ? यसबाट जनतालाई के फाईदा हुन्छ ?
त्र यसको आवश्यकता छ । अहिले यहाँ अव्यवस्थित रुपमा वस्ती बढिरहेको अवस्था छ । अलिकति जग्गा छ भनेपनि घर बनाई हाल्ने चलन छ, यहाँ । चाहेँ त्यहाँ सडक, विजुली, खानेपानीलगायतको सुविधा होस् वा नहोस् । 
पहिले घर बनाएर वस्ती बसाल्यो, अनि पूर्वाधारका लागि सम्बन्धित निकायमा गुहार्ने, पहल गर्ने चलन छ, यहाँ । त्यसो हुदाँ सडक निर्माण गर्नु पर्दा होस् वा विजुलीको पोल गाड्न् नै जताजतै निर्माण गरिएका घरहरुले अवरोध गरिरहेको हुन्छ । त्यस्तै पहिले सडक बनायो अनि खानेपानी पाईप विछ्याउने कार्य शुरु हुन्छ । यसो गर्दा एकातिर पैसाको नाश भने अर्कोतिर निर्माण भैसकेको पूर्वाधार फेरी भत्काउनु पर्ने अवस्था रहन्छ । 
त्यसकारण वस्ती बसाउनु अघि नै सबै पूर्वाधार तयार गरेर योजनावद्ध रुपमा वस्ती बसाउनु उचित हुन्छ भन्ने लाग्छ । छरपष्ट वस्ती बसे त्यहाँ सबै सेवासुविधा पु¥याउन सकिदैन । एकीकृत वस्ती भए, त्यहाँ सबै प्रकारका सेवासुविधाहरु पु¥याउन सकिन्छ । मलाई थाहा छ–२०३५ सालमा स्थापना भएको हो यो, हाम्रो नगरपालिका । तर, यतिका समयसम्म पनि केहि ठाउँलाई छाडेर ग्रामीण क्षेत्रका जनताले नगरको अनुभुति गर्न पाएको छैन । त्यसैल त्यो सेवा सुविधा तल्लो तहसम्म पु¥याएर गाउँलाई पनि समृद्ध, बस्नलायक बनाउनु नै वस्ती विकासको उद्देश्य हो । यसले जनताले आफ्नै घर–आँगनबाटै सबै सेवासुविधा पाउनेछन् ।
ृ अनि हालको बजारहरुको अवस्था चाहिँ के हुन्छ ?
त्र यो वजारलाई थप व्यवस्थित, सुन्दर, सफा बनाउन सकिन्छ । यहाँका खाल्डाखुल्डी सडकको समयमै मर्मतसम्भार गरिने व्यवस्था मिलाईने छ । यस्तै बजारका अब्यवस्थित तरिकाले टाँगिएका बिजुली, टेलिफोन, केवल, इन्टरनेटलगायतका तारहरुलाई अण्डर ग्राउण्ड (जमिन मुनी) बाट बिछ्याउने पहल गरिने छ ।
त्यस्तै स्वच्छ नगर ः स्वास्थ्य नागरिकको अवधारणालाई आत्मसात गर्दै सरसफाईलाई विशेष महत्व दिईने छ । बजार क्षेका खाली स्थानहरुको सदुपयोग गर्दै मिनीपार्क बगैंचा निर्माण गरिने छ । यसका साथै अहिले नै वजार क्षेत्रमा सवारी पार्किङको समस्या आईसकेको छ । नगरभित्र सवारी पार्किङ गर्न मिल्नेगरी बहुमञ्जिल व्यावसायिक भवन निर्माण गरिने छ । वजारभित्र ठाउँठाउँमा सवारी पार्किङस्थल बनाई व्यवस्थित गरिने छ ।
त्यस्तै स्थानीय तह निर्वाचन पछि नगरभित्र रहेका धेरै सरकारी कार्यालयहरु गाउँपालिकामा स्थानान्तर हुने छ । यसरी गाउँपालिका सरेर खाली हुने सरकारी भवन र जमिनहरुको सदुपयोग गरेर नगरको आम्दानी बढाउने काम गरिने छ । 
ृ नगरवासीले अरु के के सुविधा पाउने छन् त ?
    पहिलो कुरा नगरवासीले सुन्दर सफा नगर पाउने छन् । वस्ती विकासले व्यवस्थित पनि देखिने छ । नगरका सबै वडाहरुमा सडककापहुँच पु¥याईने छ । हाल सडक नभएको ठाउँमा कच्ची सडक, कच्ची भएकोमा ग्राभेल गर्दै हरेक सडकहरु बा¥है महिना चल्नसक्ने गरी  स्तरोन्नती गरिने छ । पूर्वाधार विकास हाम्रो पहिलो लक्ष्य हो । त्यस्तै सबै वडाहरुलाई एक आपसमा जोड्ने रिङ्गरोड बनाउने लक्ष्य छ । नगरका ग्रामीण क्षेत्रका कृषकहरुले आफुले उत्पादन गरेका तरकारी जन्य कृषि उपज तथा दूधजन्य उत्पादनलाई वजारमा पु¥याएर आम्दानी गर्न सक्ने अवस्था सृजना गरिने छ । 
यस्तै वालवालिकाले गुणस्तरीय शिक्षाका लागि बाहिर जाने अवस्थाको अन्त्य हुने गरी व्यवस्था मिलाउने पहल गरिने छ । कोहि पनि शिक्षाबाट बञ्चित नहुने गरी व्यवस्था मिलाईने छ । त्यस्तै हालको अस्पतालको स्तरोन्नती गर्दै आईसीयुसहितको ५० बेडको अस्पताल विशेषज्ञ डाक्टरको सेवा रहनेगरी सञ्चालन गरिने छ । अहिले सामान्य रोगको उपचार पनि धरान विराटनगर जानुपर्ने वाध्यताको अन्त्य गर्न प्रयास गरिने छ । 
यसका साथै नगर क्षेत्रभित्र शुद्ध खानेपानी वितरणको तथा  सिचाईको लागि उचित व्यवस्था गरिने छ । तरकारी उत्पादन हुने वडाहरुमा कृषि संकलन केन्द्र स्थापना गरिने छ । कृषकहरुले अफसिजनमा बढी मूल्यमा फलफुल बेच्न मिल्ने गरी कोल्डस्टोरेज बनाईने छ । निजी क्षेत्रको सहकार्यमा नगर बस सञ्चालन, प्राविधि शिक्षा अध्ययन हुने क्याम्पस सञ्चालन गरी ५ वर्षभित्र उच्च शिक्षा अध्ययनका लागि हिजो जस्तो बाहिर जिल्लाबाट यहाँ आउने खालका क्याम्पस सञ्चालन गरिने कार्ययोजना छ ।
अर्को कुरा हामी धनकुटालाई प्रादेशिक राजधानी बनाउनु पर्छ भनेर हिजो पनि आन्दोलन ग¥यौ र भोली पनि पहल गर्ने छौं ।
ृ प्रादेशिक राजधानीका लागि आवश्यक सुविधा र पूर्वाधार नै छैन भन्छन् नी ?
    तपाईले एयरपोर्ट भन्नु भएको होला । त्यसको लागि पनि पहल भैरहेको छ । तर, एउटा कुरा, प्रादेशिक राजधानीका लागि भौगोलिक बनौट, सामरिक अवस्था, अन्तर्राष्ट्रिय सीमान महत्वपूर्ण हुन्छ । एयरपोर्ट अनिवार्य सर्त हो जस्तो मलाई लाग्दैन । हाम्रा छिमेकी मुलुक भारतको सिक्किम राज्यमा पनि एयरपोर्ट छैन । अर्को छिमेकी मुलुक भुटानमा पनि केहि वर्ष अघिसम्म एयरपोर्ट नै थिएन । के त यी देश वा राज्य बन्न योग्य छैनन् ? यो त केवल धनकुटालाई राजधानी बनाउन नदिनेहरुको षडयन्त्रपूर्ण चालमात्रै हो । अझ ठूला ठूला शहरहरुमा त शहरभन्दा सय किलोमिटर टाढा हुन्छ एयरपोर्ट । हाम्रो नजिकको एयरपोर्ट विराटनगर यहाँबाट केवल ९० किलोमिटरको दुरी मै छ । धनकुटा यसकारण पनि राजधानी हुनुपर्छ किनकी अहिलेनै पहाडबाट तराई बसाईसराई डरलाग्दो रुपमा बढिरहेको छ । यसले अन्नको भण्डार मानिने तराई व्यापक शहरीकरणले र चुरेको अत्यधिक दोहनले मरुभूमिकरण भैरहेको छ । अझ राजधानी पनि तराईमा नै बनाउने हो भने अवस्था कस्तो आउँला ?
धनकुटा प्रदेश नं. १ को सबै जिल्लाको केन्द्रमा पर्छ । अझ तमोर कोरिडोर र मध्यपहाडी लोकमार्ग निर्माण भएपछि सबै जिल्लाबाट आउन जान नजिक धनकुटाभन्दा कुनै पनि जिल्ला पायक पर्दैन । अर्को कुरा यहाँको हावापानी सबैलाई मिल्ने खालको छ । हिमाली क्षेत्रका होस् वा तराई क्षेत्रका । यदि तराईमा राजधानी बनाईएभने गर्मी मौसममा हामीलाई त गा¥हो पर्छ एकछिन विताउन, हिमाली क्षेत्रका नागरिकहरुलाई कस्तो होला ? त्यसकारण राजधानीका लागि धनकुटाभन्दा अर्को उत्तम स्थान छैन । तर, यसो भन्दैमा हामी चुप लागेर बस्यौंभने राजधानी धनकुटा नहुन पनि सक्छ । हामी सबै एकजुट भएर आ–आफ्नो क्षेत्रबाट लाग्नु आवश्यक छ ।
ृ स्वास्थ्य र शिक्षा, पूर्वाधार क्षेत्रको विकास योजनाहरुको लागि के कस्ता योजनाहरु छन् ?
    हामीले एउटा नारा दिएका छौं फेरी जगाऔं धनकुटा । कुनै बेला धनकुटा प्रशासनिक, स्वास्थ्य तथा शैक्षिक केन्द्र थियो । प्रादेशिक राजधानी बनाएर प्रशासनिक केन्द्र बनाउन चाहन्छौं । यस्तै पूर्वाञ्चलकै पहिलो क्याम्पस धनकुटा बहुमुखी क्याम्पस केहिवर्षसम्म पूर्वको शैक्षिक केन्द्र थियो । तर, अहिले क्याम्पस ओझेलमा परेको छ । यसलाई फेरी शैक्षिक केन्द्रका रुपमा विकास गर्ने योजना छ । 
नगरका शैक्षिक संस्थाहरु अपांगतामैत्री बनाउने योजना छ । यस्तै कृषि क्याम्पस पनि बनाउने पहल 
गर्ने । र स्वास्थ्यको क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्यमन्त्री भएपछि निःशुल्क व्यवस्था गरेको औषधि तथा स्वास्थ्यसेवालाई धनकुटामा पनि व्यवस्था गर्ने योजना छ । औषधि र उपचार निःशुल्क घोषणा गरिए पनि धनकुटा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा उपचारको राम्रो प्रवन्ध छैन । यहि कारण विरामीहरु उपचारका लागि बाहिर जान वाध्यता छ । हामी धनकुटामै विरामीले उपचार पाउन भनि अस्पतालको स्तरोन्नती गर्ने कार्य योजना छ ।
ृ कृषिको क्षेत्रमा के के छ त, नयाँ योजना ?
त्र कृषिलाई व्यावसायिक गर्नेगरी गाउँघरमा सिंचाईको उचित ब्यवस्था गर्ने योजना छ । सबै वडाहरुमा कृषि प्रविधि, सामग्री, बिउबिजन पाउने र कृषि उपज संकलन केन्द्र बनाउने योजना छ । यस्तै कृषिवीमा, पशुवीमा, विउ विजन लगायतमा अनुदानको व्यवस्था गर्ने योजना छ । हामी नगरलाई रासायनिक विषादीरहित अर्गानिक नगर बनाउने सोंच छ ।
ृ तपाईंलाई जनताले भोट दिन्छन् भन्ने आधार के छ ?
    म विद्यार्थीकालदेखि नै राजनीति र समाजसेवा लागेको नेपाली कांग्रेसको एक निष्ठावान् कार्यकर्ता हुँ । म राजनीतिबाहेक व्यवसाय, समाजसेवामा समेत संलग्न भएको युवा हुँ । मसँग यो नगरलाई परिवर्तन गर्ने योजना छ । हाम्रो पार्टी नेपाली कांग्रेसले जहानियाँ राणाशासनको अन्त्य मात्र हैन पञ्चायती व्यवस्था र गणतन्त्र स्थापना गर्न गरिएको जनआन्दोलन को सफल नेतृत्व गर्ने पार्टी हो । विश्वमै एउटै पार्टीले ३÷३ पटक सफल जनआन्दोलन गरेको इतिहास कहिँ छैन । 
अर्को कुरा म युवा छु । म एक पटकका लागिमात्र उम्मेदवार भएको हैन । मेरो राजनीतिक भविष्य मैले व्यक्त गरेको प्रतिवद्धता इमान्दिारितापूर्वक पुरा गर्नुमा छ । हाम्रो पार्टी हावा गफ गर्ने पार्टी हैन । जब जब देशमा संकट पर्छ, नेपाली कांग्रेसले नै नेतृत्व लिएर गरेको क्रान्ति मात्र सफल भएको छ । कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो । अहिले देशमा आर्थिक क्रान्ति र संविधान कार्यान्वयन सफल गर्नु छ । र यसको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने अवस्था छ । 
मैले जिते मेरो कार्यकालमा पाउने तलब म लिने छैन । त्यो रकम नगरका गरिव तथा असहाय विद्यार्थीहरुको शैक्षिक सहयोग उपलब्ध गराउने गरी छात्रवृत्तिको लागि खर्च गर्नेछु । यस्तै ज्येष्ठ नागरिक, असहाय अपांग एकल महिलालगायतको भत्ता जनप्रतिनिधि वा कर्मचारीमार्फत घर–घरसम्म पु¥याउने छु । 
अहिलेको सामाजिक सुरक्षा भत्ता पर्याप्त छैन । गरिव असहाय ज्येष्ठ तथा एकल महिलाहरुलाई भरणपोषण पुग्ने गरी नगरपालिकाले सहयोग गर्न पहल गर्नेछु । साथै आर्थिक अभावमा औषधि उपचारगर्न नपाई मृत्यूवरण गर्नुपर्ने अवस्था को अन्त्य गर्न आर्थिक सहयोग गर्न उपचार कोष स्थापना गरिने छ । यस्ता थुप्रै योजना छ । यसलाई कार्यान्यन गर्न मलाई भोट दिएर जिताउनुस् भन्न चाहन्छु ।
ृ अन्त्यमा नगरवासीलाई के भन्न चाहनु हुन्छ ?
   म, तपाईहरुकै हितका लागि र नगरलाई केहि गरौं भनेर उम्मेदवार भएको हुँ । मलाई तपाईहरु पार्टी भन्दा माथि उठेर भोट दिनुहोस् । मलाई समुदाय, जाति, भूगोल, क्षेत्रभन्दा माथि उठेर भोट दिनु आग्रह गर्दछु । म एउटा जाति, भूगोलको नभई समग्र धनकुटाको मेयर हुन चाहन्छु । र धनकुटाको समग्र विकासमा म तपाईहरुको सहयोग, सहकार्यमा योगदान दिन चाहन्छु ।
हामीले दिएको नारा जस्तो फेरी जगाऔं धनकुटा लाई साकार पार्न चाहन्छु । हिजोको जस्तो धनकुटाको शान, पहिचान र गौरवलाई पुनःस्थापित गराउन चाहन्छौं । हामी हजारौं परिवारका युवा सदस्य रोजगारका लागि विदेश जाने वाध्यतालाई अन्त्य गर्र्दै यहि रोजगार दिने वातावरण बनाउन  चाहन्छौं । हामी सबैको आफ्नो प्रतिभा (खेल, साहित्य, कलालगायत)  प्रस्फुटन हुने वातावरण यहि बनाउन चाहन्छौं । हामी धनकुटालाई गर्वले सबैले मेरो धनकुटा भन्ने खालको नमूना धनकुटा बनाउन चाहन्छौं । यसकालाई मलाई र मेरो पार्टी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका उपमेयर, वडाध्यक्ष, सबै सदस्यहरुलाई रुख चिन्हमा मतदान गरेर विजयी गराउनु होस् भनेर आग्रह गर्दछु । 
र, अन्त्यमा मलाई मेरो भनाई नगरवासी सामु राख्ने मौका दिनु भएकोमा धनकुटा साप्ताहिकलाई धन्यवाद दिन चाहन्छु । जयनेपाल