धनकुटाको समृद्धी र विकास कांग्रेसबाट मात्र सम्भव

Published On: In Category: जिल्ला समाचार
धनकुटाको समृद्धी र विकास कांग्रेसबाट मात्र सम्भव

धनकुटा २६ जेष्ठ ।
प्रदेश नं. १ को पुरानो नगर धनकुटाको विकास र समृद्धिका लागि स्थानीय तहमा नेपाली कांग्रेसलाई विजयी गराउनु पर्ने बताए । सो कुरा नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ७ को आयोजनामा  चुवाको बोटमा आयोजित चुनावीसभामा प्रमुख अतिथि तथा सांसद भिष्मराज आङदेम्वेले बताएका हुन् ।
समृद्धी र विकासको जग नेपाली कांग्रेसले मात्र हाल्ने भएकाले धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामा नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन केन्द्रिय सदस्यसमेत रहेका आङदेम्वेले आव्हान गरे । सो अवसरमा उनले राणाशासन हटाउन, लोकतन्त्र ल्याउने र गणतन्त्र ल्याउने े कांग्रेस भएको उल्लेख गर्दै संक्रमणकालको अन्त्य गरी संविधान बनाउने पनि कांग्रेस भएको बताए । उनले अब विकास र समृद्धीको अभिभारा पनि कांग्रेसले मात्र दिने भएकाले धनकुटाका सबै तह र वडामा कांग्रेसलाई मतदान गर्न आग्रह गरे । उनले लामो समय एमालेले प्रतिनिधित्व गरेका एमालेले पूर्वको उज्यालो भविष्य र देशलाई सम्पन्न बनाउने अरुण तेस्रो जलविद्युत् आयोजना रद्द गराएको हिसाव दिनु पर्ने बताए ।
यस्तै कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम् सांसद मनोहरनारायण श्रेष्ठले कांग्रेस एमालेले जस्तो झुटो आश्वासन नदिने बताउँदै कांग्रेसले गर्नसक्ने कुरामात्र घोषणापत्रमा राखेको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता आनन्दसन्तोषी राई, पूर्व सभासद् लिला सुब्बा, कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, मेयरका उम्मेद्वार दिनेश राई, कांग्रेस नगर सभापति रोशन श्रेष्ठलगायतले धनकुटामा नेपाली कांग्रेस विजयी भए नगरको प्रत्येक वडामा सडक, खानेपानी, नमूना एकीकृत वस्ती, स्वास्थ सेवा, गुणस्तरीय शिक्षा र पर्यटकीयस्थलको विकास गर्ने प्रतिवद्धता जाहेर गर्दै रुख चिन्हमा मतदान आग्रह गरे ।
कांग्रेस वडा नं. ७ का वडासभापति सुनिलकुमार डंगोलको अध्यक्षतामा सम्पन्न भएको सभामा वडा नं. ७ को विकासका प्रतिवद्धता जाहेर गर्दै वडाध्यक्षका उम्मेद्वार मोहनकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमका संचालन वडा प्रसार प्रचार समितिका सदस्य दुर्गा न्यौपानेले गरेका थिए । सो अवसरमा एमाले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका सन्तोष मगरलाई केन्दिय सदस्य आङदेम्बेले पार्टीमा खादाँ ओडाई स्वागत गरेका थिए ।