जन्मदिनको खर्च गरिव छात्रालाई

Published On: In Category: जिल्ला समाचार
जन्मदिनको खर्च गरिव छात्रालाई

जन्मदिनको खर्च गरिव छात्रालाई
धनकुटा । बेलायती सेनामा कार्यरत एक सैनिक परिवारले आफ्नी छोरीको जन्मदिनमा लाग्ने खर्च बचाएर हिलेकि एक गरिव विद्यार्थीलाई सहयोग गरेका छन् । उनले ति वालिकालाई स्कूलमा लाग्ने शुल्कलगायतका लागि बार्षिक रुपमा सहयोग गर्ने स्थानीय संयोजक तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।
धनकुटाको हिले स्थित मदरल्याण्ड बोडिङ्ग स्कुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षिया प्रेरणा मगरलाई सो सहयोग गरेका हुन् । केहि महिना अघि हिलेस्थित सुकुम्बसी बस्तीमा सरकारले डोजर लगाएर हटाएका थिए । डोजरले भत्काएको आफ्नो घरमा बिद्यालयबाट आएर शैक्षिक सामग्रीहरु खोजिरहेको दृश्य स्थानीय पत्रकारले खिचेर सामाजिक सञ्जालमा राखेपछि उनलाई उक्त सहयोग जुटेको हो ।
खोटाङ्ग जिल्ला घर भई हाल वेलायी सेनामा कार्यरत सैनिक नग्स राई र उनको श्रीमती रेखादेवी गुरुङ्ग (राई) ले आफ्नी छोरी मिन्मा राईको पहिलो जन्मदिनको अवसरमा छात्रा मगरको कक्षा १० सम्म लाग्ने पोशाक, शैक्षिक सामग्रीका लागि सहयोग गर्ने समन्वयकर्ता नगेन्द्र राईले जानकारी दिए । राई दम्पतिले मगरलाई यो वर्ष अध्ययन गर्दा लाग्ने शैक्षिक सामग्रीका लागि ११ हजार पाँच सय रुपैया सहयोग गरेका छन् ।
राई दम्पतिको सहयोग मजदुरी गरेर निजी बिद्यालयमा पढाईरहेका मगरका मातापितालाई धेरै राहत मिलेको छ । विदेशमा बस्ने नेपालीले गरेको सहयोग देखेर बिद्यालयले पनि कक्षा १० सम्म निःशुल्क अध्ययन गराईदिने सञ्चालक प्रेम सुब्बाले जानकारी दिए । सात समुन्द्र पारी बस्नेले त सहयोग गरे भने हामी त यहिका हौ भन्दै निःशुल्क गर्ने प्रतिवद्धता जाहेर गरे ।