एमालेका तर्फबाट धनकुटा नगरका उम्मेद्वार घोषणा

Published On: In Category: जिल्ला समाचार
एमालेका तर्फबाट धनकुटा नगरका उम्मेद्वार घोषणा

धनकुटा । यहि जेठ ३१ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धनकुटा नगरकार्यपालिकाको उम्मेद्वार घोषणा गरेको छ । एमालेले नगरकार्यपालिकाको प्रमुखमा चिन्तन तामाङ र उपप्रमुखमा सकुन्तला बस्नेतलाई उम्मेद्वारी घोषणा गरेको छ । यस्तै वडा नं.१ देखि १० सम्म निम्नअनुसारको वडा समितिका वडाध्यक्ष र सदस्यहरु घोषणा गरेको छ । जसअनुसार वडा नं. १ को वडाध्यक्षमा निरेन तामाङ, खुल्ला सदस्यमा लालचन्द्र गोङ्वा तामाङ, वाङ्दे तामाङ, महिला सदस्यमा कल्पना थापा र दलित महिला सदस्यमा फूलमाया विकलाई उम्मेद्वार बनाएको छ । यस्तै वडा नं २ को वडाध्यक्षमा चन्द्रलाल तामाङ, खुल्ला सदस्यमा सानबहादुर राई, टिका दर्लामी मगर, महिला सदस्यमा रमा बराल (लामिछाने) र दलित महिला सदस्यमा द्रोपदा शिवा दर्नाललाई उम्मेद्वार बनाएको छ । यस्तै वडा नं. ३ को वडाध्यक्षमा मुकुन्द भण्डारी (सानो), खुल्ला सदस्यमा मेखबहादुर राई, बावुराम मिश्र, महिला सदस्यमा बदुमाया लिम्वु र दलित महिला सदस्यमा सुलोचना वशेललाई उम्मेद्वार बनाएको छ । यस्तै वडा नं. ४ को वडाध्यक्षमा जमशेर राई, खुल्ला सदस्यमा वीरबहादुर तामाङ, होमप्रसाद अधिकारी, महिला सदस्यमा घुममाया राई र दलित महिला सदस्यमा तुलसा विश्वकर्मालाई उम्मेद्वार बनाएको छ । यस्तै वडा नं.५ वडाध्यक्षमा पुरानै वडाध्यक्ष रामबहादुर श्रेष्ठ, खुल्ला सदस्यमा खगेन्द्र खतिवडा, उमेश राई, महिला सदस्यमा निर्मला राई (श्रेष्ठ) र दलित महिला सदस्यमा गीता परियारलाई उम्मेदवार बनाएको छ । यस्तै वडा नं. ६ को वडाध्यक्षमा तुलसीप्रसाद ढुंगाना, खुल्ला सदस्यमा रवीन खड्गी, मानबहादुर राई, महिला सदस्यमा शर्मिला राई र दलित महिला सदस्यमा नेत्रकुमारी रोक्का छन् । यस्तै वडा नं. ७ को वडाध्यक्षमा जंगबहादुर राई, खुल्ला सदस्यमा रामकुमार डंगोल, सन्देश राई, महिला सदस्यमा चन्द्रकुमारी राई र दलित महिला सदस्यमा शान्ता रसाईली छन । यस्तै वडा नं. ८.को वडाध्यक्षमा अमृतबहादुर राई, खुल्ला सदस्यमा पूर्णस्वरी राई, विश्वलाल राई, महिला सदस्यमा जहानश्वरी राईलाई उम्मेदवार बनाएका छन् । यस वडामा दलित वस्ती नभएकाले दलित महिला सदस्यका उम्मेद्वार बनाउन कुनैपनि दलले सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । यस्तै वडा नं. ९ को वडाध्यक्षमा अनिश राई, खुल्ला सदस्यमा जितेन्द्र वास्तोला, टंकबहादुर भट्टराई, महिला सदस्यमा दिलकुमारी राई र दलित महिला सदस्यमा पार्वती दियालीलाई खडा गरेको छ । यस्तै वडा नं. १० को वडाध्यक्षमा कमलबहादुर कार्की, खुल्ला सदस्यमा चन्द्र बहादुर दर्लामी मगर, कुलबहादुर राई, महिला सदस्यमा कल्पना राई र दलित महिला सदस्यमा सुनिता विश्वकर्मालाई उम्मेद्वार बनाएको छ । घोषणासभाको आयोजना हुनुभन्दा एमालेका सयौं नेता कार्यकर्ताहरुले ब्यानर, झण्डासहित निस्किएको विशाल जुलुशले नगरको विभिन्न टोलहरु परिक्रमा गरेका थिए । बजार परिक्रमा पछि ¥याली स्थानीय चुवाको बोटमा आयोजित घोषणासभाबाट उम्मेदवारको घोषणा जिल्ला अध्यक्ष राजेन्द्र राईले गरेका थिए । सो क्रममा प्रमुखको उम्मेद्वारले आफ्नो भावी कार्ययोजना र प्रतिवद्धता घोषणा गरेका थिए । एमालेले २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा ९ वडामध्ये ६ वटा वडाध्यक्षसहित प्रमुख उपप्रमुख विजयी हासिल गरेका थिए । त्यससमय विजयी भएका वडाध्यक्षहरुमध्ये वडा नं. ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठलाई मात्र पुनः उम्मेद्वार बनाएका छन् । त्यस समय एमालेबाट निर्वाचित प्रमुख वाङ्दी लामा एमाले परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । यस्तै वडा नं. १ बाट विजयी वडाध्यक्ष गणेश विष्ट यो निर्वाचनमा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेद्वार बनेका छन् । यस्तै वडा नं. ३ का वडाध्यक्ष थरबहादुर कार्की माओवादी केन्द्रमा र ७ का वडाध्यक्ष गंगा राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।