धनकुटाको साँगुरीगढीमा कांग्रेसको उम्मेद्वार चयन

Published On: In Category: जिल्ला समाचार
 धनकुटाको साँगुरीगढीमा कांग्रेसको उम्मेद्वार चयन


धनकुटा ७ जेष्ठ ।
आगामी जेठ ३१ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागी नगर तथा गाउँपालिकाका लागी नेपाली कांग्रेस धनकुटाले उम्मेद्वारी छनौट गरेको छ । पहिलो चरणको निर्वाचनमा जनताको उत्सहा र सशभागिता पछि दोस्रो चरण अन्तर्गत हुन गैररहेको स्थानीय तहको निर्वाचन नेपाली कांग्रेसलाई जिताउने गरी उम्मेद्वार चयन गर्न शुरु गरिएको छ । यसैक्रममा साँगुरीगढी गाउँपालिकाको प्रमुखमा जितेन्द्र राईको नेतृत्वमा विभिन्न ५२ जना उम्मेदवारी छनौट गरेको छ । अन्य गाउँपालिका र नगरपालिकाका लागी पनि उम्मेद्वारी छनौट भैरहेको नेपाली कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।
नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति जितेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले साँगुरीगढी गाउँपालिकाको प्रमुख, उप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको छनौट गरेको हो । यस्तै धनकुटा नगरपालिका र खाल्सा छिन्ताङ, शहीदभूमी गाउँपालिकाको उम्मेद्वार वडा, नगर तथा गाउँ समितिबाट सिफारिस भै आएको उम्मेद्वारको नामावली माथि छलफल भैरहेको क्षेत्रीय सचिव रमेश श्रेष्ठले जानकारी दिए । 
उम्मेद्वार छनौट भएता पनि अन्य दलहरुसँग गठबन्धन गरी निर्वाचनमा सहभागी हुनका लागि छलफल भैरहेकोले सातवटै तहको उम्मेद्वारहरु तय गरिसकेपछि मात्र घोषणा सभा गरी कांग्रेसका सवै उम्मेदवारहरुको घोषणा गरी सार्वजानिक गर्ने तयारी भैरहेकोसचिव विजय सन्तोषी राईले बताए ।
नगरवासीको चासोको विषय भएको धनकुटा नगरपालिकामा भने जिल्ला कोषाध्यक्ष दिनेश राई नगर प्रमुखमा छनौट हुने सम्भावना रहेको जनाएको छ ।