सान्ताङ्ग र टेकुनालामा जीवित संग्रहालय

Published On: In Category: जिल्ला समाचार
सान्ताङ्ग र टेकुनालामा जीवित संग्रहालय

जेष्ठ ४, धनकुटा ।
आठपहरिया राईहरुको अत्यधिक बसोवास रहेको धनकुटा नगरपालिका वडा नं. ८ को सान्ताङ, याक्ते, टेकुनाला लगायतका क्षेत्रहरुलाई जीवित संग्रहालय र नमुना वस्ती निर्माण गर्ने बताएका छन् । सो कुरा सान्ताङ्गमा आयोजित अन्र्त्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले वताएका हुन् । धनकुटाको कर्णालीसमेत भनिने सो क्षेत्रका जनताको आर्थिकस्थिति सुधार्न र पर्यटकीयस्थलनिर्माणका लागि विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने समेत आश्वासन दिएका छन् ।
सो अवसरमा नेपाली कांग्रेसका सचिव विजयसन्तोषी राईले नेपाली कांग्रेसले नगरमा विजयी प्राप्त गरे धनकुटा नगरपालिकाको वडा नं. ८ को सान्ताङ्ग, याक्तेलगायतका आदिवासी आठपहरिया समुदाय वसोवास गर्ने क्षेत्रहरु र टेकुनालाको पुरानो नेवार समुदायको बसोवास रहेको वस्तीमा जीवित संग्रहालय र होम स्टेको स्थापना तथा एकीकृत नमुना वस्ती बसाईने आश्वासन दिए ।
यस्तै कांग्रेस कोषाध्यक्ष तथा धनकुटा नगरपालिकाका मेयरका उम्मेद्वार दिनेश राईल नेपाली कांग्रेस विजयी भए यस्ता कार्यक्रम संचालन गरी पछाडी परेको अल्पसंख्यक आठपहरियाको मात्र नभई नेवारलगायत सबै जात जातिहरुको कला, संस्कृति, संस्कार, भाषा तथा भेषभुषाको संरक्षण संवद्र्धन हुने बताए । उनले यस क्षेत्रमा नमूना वस्ती बसाउन प्रयास गरिने बताए । पहाडी परेको यस क्षेत्रको विकासका अन्य कार्यक्रमहरु सञ्चालन गरिने बताए ।
नेपाली कांग्रेस वडा नं. ८ का सभापति सूर्यवहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सदस्यहरु रविन्द्र नेपाली, दुर्गा न्यौपाने र नव प्रवेशी पृथवहादुर आठपहरियाले विकास जनताकै सहभागीता र चाहना अनुरुप विकास निर्माणका काम गरिए जनसहभागिता जुट्ने बताए । कार्यक्रमको संचालन कांग्रेस वडा नं. ८ का सदस्य सोमबहादुर राईले र स्वागत मन्तव्य वडा सचिव मानु भक्त राईले गरेका थिए ।
यसैगरी सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ८ का विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु हुने १७ जनालाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरी स्वागत समेत गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।