पत्रकारहरुद्वारा प्रभातफेरी

Published On: In Category: जिल्ला समाचार
पत्रकारहरुद्वारा प्रभातफेरी

धनकुटा । स्वतन्त्रता पूर्वक पत्रकारहरुलाई वाच्न र लेख्न देउ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस धनकुटामा पनि मनाईएको छ । सो अवसरमा धनकुटाका पत्रकारहरुले प्रभातफेरी गर्दै बजार परिक्रमा गरेका छन ।
स्थानीय शहिद भीमनारायण श्रेष्ठ चौकबाट निस्केको पत्रकारहरुको प्रभातफेरीले बजारको विभिन्न भागहरुको परिक्रममा गरी मदन चौकमा पुगी समापन गरिएको थियो ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको प्रभातफेरीमा महासंघ धनकुटा शाखकाका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राई, पूर्व अध्यक्षहरु गोपाल अधिकारी, विजयसन्तोषी राई, पूर्व केन्द्रिय सदस्य सिद्धराज राई, सहसचिवद्वय बलाराम दाहाल र हरीबहादुर लम्जेल, नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष यानिन्द्र तिगेला, प्रेस चौतारी नेपालका अध्यक्ष सन्तोष रुचाल, प्रेस सेन्टरका इञ्चार्ज नारायणकुमार राई, फोनिजका अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघ धनकुटाका केन्द्रिय सभासद्हरु रमेशचन्द्र अधिकारी, स्मिता निरौला, भेषराज कटेल, प्रदेश सभासदहरु टिएल राई, बिमला राई, विश्वराज श्रेष्ठ,पत्रकारहरु लक्की शेर्पा, कल्पना भण्डारीलगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
समापनको अवसरमा आयोजित कोणसभालाई उपाध्यक्ष नगेन्द्र राईले प्रेस स्वतन्त्रता भनेको पत्रकारहरुको मात्र स्वतन्त्रता नभई समस्त नागरिकहरुको वाक स्वतन्त्रता भएकोले बताउादै पत्रकारहरु केवल माध्यम मात्र भएको बताए ।