नयाँ साल उपलब्धीपूर्ण रहने

Published On: In Category: जिल्ला समाचार
 नयाँ साल उपलब्धीपूर्ण रहने

  धनकुटा ।
नेपाली जनताका लागी नयाँ साल २०७४ उपलब्धीपूर्ण हुने नेपाल प्रेस युनियनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले बताएका छन् । सो अवसरमा प्रमुख अतिथि सांसद तथा नेपाली कांग्रेसका पूर्वसभापति मनोहरनारायण श्रेष्ठले नयाँ सालको शुभकामना व्यक्त गर्दै २०७४ साललाई नेपालीहरुले उपलब्धिपूर्ण बनाउन स्थानीय तहको निर्वाचन सफल बनाउनुपर्ने बताए । नेपाली जनताको लामो संघर्षपछि प्राप्त संविधानको कार्यान्वयन र घरदैलोमा अधिकार प्राप्तीका लागि पनि निर्वाचनलाई सफल बनाउनुपर्ने श्रेष्ठले बताए ।
यस्तै सो अवसरमा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष दिनेश राई, पूर्व उपसभापित अजितनारायण सिंह थापा, सदस्य निर्मल ओझा, पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचाल, प्रेस सेन्टरका नारायण आठपहरिया, महासंघका केन्द्रिय सभासद् रमेशचन्द्र अधिकारी, रेडियो लालिगुरासका स्टेशन मेनेजर विदुर खवासलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य युनियनका उपाध्यक्ष हरिबहादुर लम्जेलले रसंचालन सचिव अजयसन्तोषी राईले गरेका थिए । कार्यक्रम युनियनका अध्यक्ष यानिन्द्र तिगेलाको सभापतित्वमा भएको थियो ।