चट्याङले २ जनाको मृत्यु

Published On: In Category: जिल्ला समाचार
चट्याङले २ जनाको मृत्यु

चट्याङले २ जनाको मृत्यु
बैशाख २, धनकुटा । 
आज शनिबार दिउसो हावाहुरीसँगै परेको चट्याङ लागेर धनकुटामा २ जनामा ज्यान गएको छ । हावाहुरीसँगै परेको चट्याङ लागेर साँगुरीगढी गाउँपालिका वडा नं. १० ताम्राङकी २४ बर्षिय कृष्ण राईको मृत्यु भएको प्रहरीले बताएको छ । सो समयमा मृतक राई मोवाईलमा कुरा गरिरहेको जनाएको छ । 
यस्तैगरी खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका वडा नं. १ हागुवाकी ३५ बर्षिय छत्रकुमारी राईपनि चट्याङ लागेर मृत्यू भएको प्रहरीले जानकारी दिए । मृतक राईका साथमा पनि मोवाईल रहेको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।
घट्ना घटेको केहि समयपछि प्रहरीको टोली घट्नास्थल पुगेका थिए । प्रहरीले घट्नास्थलको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने प्रहरी उपरीक्षक राजभण्डारीले जानकारी दिए । चट्याङ परेको समयमा मोवाईलमा कुरा गर्न नहुने विज्ञहरु बताउँछन् । यसलाई सर्वसाधारण समक्ष सूचित गर्नुपर्ने धारणा होटल भेडेटार भ्यूका सञ्चालक जितेन्द्र रुम्दाली बताउँछन् । उनले ठूलो हावाहुरी चलेको वेला मोवाईलमा कुरा नगर्न सामाजिक सञ्जालबाट पनि सचेत गर्नुपर्ने बताए ।