पर्यटनको प्रवर्द्धन गर्न छथर महोत्सव

Published On: In Category: पर्यटन: सुन्दर नेपाल
पर्यटनको प्रवर्द्धन गर्न छथर महोत्सव

 

चैत २४, धनकुटा । संस्कृति संरक्षण तथा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले छथर महोत्सव हुने भएको छ । धनकुटा र तेह्रथुम जिल्लामा रहेको लिम्बु जातिको बिभिन्न ८ थलो (यक) लाई साँस्कृतिक पर्यटन गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।
छथर समाज धरानको आयोजनामा नववर्षको अवसर पारेर यहि चैत २९, ३० र ३१ गते आयोजना हुन लागेको हो । सो ३ दिने महोत्सव विगतमा तेह्रथुमको ताक्लुङ्ग र पञ्चकन्यामा आयोजना गरिसकेको छ । यो वर्ष धनकुटाको छथर गाउपालिका साबिक परेवादिनको ताम्लिङ्गमा आयोजना हुन लागेको हो ।
आयोजकले आज गरेको पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी वारेमा जानकारी दिएको छ । करिव १२ लाखको लागतमा आयोजना हुन लागेको महोत्सवमा छथर क्षेत्रमा पाईने लिम्बुलगायत बिभिन्न जातिका कला संस्कृति, खानपानको एक दर्जन भन्दा बढी स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा हजारौ आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा गरिएको जानकारी दिए । महोत्सवका लागि एक करोड लाख भन्दा बढीको मौलिक भेषभुषा र खाना परिकार, स्थानीय उत्पादित सामग्रीलगायतको ब्यापार गर्ने लक्ष्य रहेको आयोजक समितिका प्रचार बिभाग प्रमुख धर्मराज थोक्लेनले जानकारी दिए ।

Related Tag: Travel & Tourism