नगर शिक्षक संघमा राम

Published On: In Category: जिल्ला समाचार
नगर शिक्षक संघमा राम


धनकुटा २० चैत्र । नेपाल शिक्षक संघ धनकुटा नगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त अधिवेशनको उद्घाटन नेपाली कांग्रेस धनकुटाका उपसभापति नविनकिशोर शाक्यले गरेका थिए । सो अवसरमा उपसभापति शाक्यले देशको भविष्यको कर्णधार विद्यार्थी भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे ।
उद्घाटन कार्यक्रममा  धनकुटा कांग्रेसका पूर्व जिल्ला सभपाति हरिकुमार राई, सचिव विजयसन्तोषी राई, शिक्षक संघका अध्यक्ष धिरेन्द्रबहादुर लिम्बु, कांग्रेस जिल्ला सदस्य भूपेन्द्र भण्डारी, नगर सभापति रोशन श्रेष्ठ, शिक्षक संघका पूर्व सभापतिहरु गंगाराम ढुंगाना, विश्वनाथ दाहाल, संघका संघीय प्रतिनिधि तथा कांग्रेस महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी, गोकुण्डेश्वर बाल मन्दिर उच्च माविका प्राचार्य दामोदर मिश्र, देउराली उच्च माविका प्राचार्य घनश्याम वराललगायतले शिक्षा नियमावली र शिक्षा ऐनलाई शिक्षकहरुको पक्षमा ल्याउनु पर्ने र शिक्षालाई उत्पादन मुलुक बनाउनु पर्नेमा जोड दिएका थिए ।
संघका उपाध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक रामबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा स्वागत मन्तव्य महिला उपाध्यक्ष दिलकुमारी राईले र कार्यक्रमको संचालन सचिव धनकुमार राईले गरेका थिए ।
उक्त अधिवेशनले धनकुटा नगर समितिको उपाध्यक्ष महिलामा पवित्रादेवी तिम्सिना, सचिव हिमकर्ण दाहाल, अर्थ सचिव माधव गुरागाई, सहसचिवमा अमरबहादुर घिमिरे, महिला सहसचिवमा कमला दाहाल, सहसचिव अर्थमा यसोदा पोख्रेल, सहसचिव समावेशीद्धयमा प्रेमबहादुर तुम्बाङ्ग, सविता बराललाई चयन गरेको छ ।
यसैगरी समितिको सदस्यहरुमा महिला तर्फ बिना श्रेष्ठ राई, लक्ष्मी गुरागाई, डम्वर कुमारी ढुङ्गेल र सदस्य खुल्ला तर्फ सूर्यकुमार राई, तेजबहादुर दाहाल, हिराप्रसाद भण्डारी, तोखराज राई रहेका छन् ।  यसैगरी वडा नं. १ बाट टंक प्रसाद थापा, वडा नं. २ बाट डम्वरबहादुर राई, वडा नं. ३ बाट केशव गुरागाई, वडा नं. ४ बाट दुर्गादेवी पौडेल, वडा नं. ५ बाट रत्ना लिम्बु, वडा नं. ६ बाट जानुका पौडेल, वडा नं. ७ बाट सन्तोषी राई, वडा नं. ८ बाट बिजकर्ण राई, वडा नं. ९ बाट जीवच्छ शाह, वडा नं. १० बाट अम्वरबहादुर घिसिङ्गलाई चयन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।