धनकुटालगायत देशभर पत्रकार महासंघको स्थापना दिवस मनाईयो

Published On: In Category: जिल्ला समाचार
धनकुटालगायत देशभर पत्रकार महासंघको स्थापना दिवस मनाईयो


धनकुटा ।
नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस देशभरका पत्रकारहरुले विविध कार्यक्रम गरी मनाएको छ । यसैक्रममा धनकुटामा पनि प्रभातफेरीले आयोजना गरियो । शहीद भीमनारायणचोकबाट शुरु गरिएको प्रभातफेरी मदनचोकमा समापन गरिएको थियो ।

समापन गर्दै पत्रकार महासंघ धनकुटा शाखा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वर्तमान अवस्थामा पत्रकारहरुमा थप जिम्मेवारी थपिएको बताए । लोकतन्त्र संस्थागतका लागि हुन गईरहेको निर्वाचनमा पत्रकारहरुले द्वन्द्व फैलाउन खालका नभई सन्तुलित रुपमा समाचा प्रशारण तथा प्रशारण गर्नुपर्ने बताए । ६२ वर्ष अघि स्थापना भएको महासंघ परिपक्क भएको बताउँदै अध्यक्ष श्रेष्ठले अब पत्रकारले गर्ने कुनैपनि गम्भीर गल्ती क्षम्य नहुने धारणा व्यक्त गरे । समाचार सम्प्रेषण गर्दा कोहि कसैप्रति बद्नियत राखेर गर्न नहुने बताउँदै अध्यक्ष श्रेष्ठले पत्रकारहरुको पनि कुनै न कुनै राजनीतिक दलहरुप्रति आस्था र समर्थन रहेपनि समाचारमा त्यसको झलल्को ल्याउन नदिन पत्रकार स्वयम् सचेत रहनुपर्ने बताए । लोकतन्त्र रहेमात्र स्वतन्त्र पत्रकारिता रहने हुदाँ सञ्चारकर्मीहरु लोकतन्त्रका लागि सधै समर्पित रहनुपर्ने बताए । समापन कार्यक्रमको सञ्चालन  महासंघका सहसचिव बलराम दाहालले गरेका थिए । 

सो अवसरमा महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राई, पूर्व अध्यक्ष मोहन बान्तवा, निवर्तमान अध्यक्ष खगेन्द्र घिमिरे, पूर्व केन्द्रिय सदस्य सिद्धराज राईलगायतका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 
म्हासंघको स्थापना २०१२ साल चैत्र १६ गतेका दिन स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापना भएको थियो । हरेक वर्ष चैत्र १६ गते महासंघको स्थापना दिवस देशभर मनाईन्छ ।