स्थानीय तह निर्वाचनका लागि कांग्रेसको सागुरी गढीबाट प्रशिक्षण अभियान

Published On: In Category: जिल्ला समाचार
स्थानीय तह निर्वाचनका लागि कांग्रेसको सागुरी गढीबाट प्रशिक्षण अभियान


धनकुटा ९ चैत्र, 
स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस धनकुटाले साँगुरी गढी गाउँपालिकाको साविक फाक्सिव र आहाले गाविसमा प्रशिक्षण प्रशिक्षक तथा चुनावी सभा सम्पन्न गरी चुनावी अभियान शुरु गरेको छ ।
उक्त चुनावीसभा तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको फाक्सिव र आहालेमा छुट्टा छुट्दै कार्यक्रमका विच उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले स्थानीय तहको निर्वाचन भएमात्र स्थानीय तहका जनताले अधिकार पाउनुका साथै विकास निर्माणको ढोका खुल्ने बताए ।
फाक्सिव र आहालेमा आयोजित दुई दिने कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरिकुमार राई, नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य तथा नेता कमोट फागो, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी रार्इ, जिल्ला सदस्य मोहन वान्तवा, क्षेत्रीय सभापति जितेन्द्र राई, नेपाल क्षिकक संघका सचिव धनकुमार राई, प्रजातन्त्रवादी प्राध्यापक समुहका केन्द्रिय सदस्य जीवन राई, नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल, नेपाल तरुण दलका क्षेत्रीय सविच प्रकाश राईलगायतले जनताको संघर्षबाट प्राप्त संविधानको कार्यान्वयन र गाउँ तथा नगरको विकासका लागि स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न कांग्रेस क्रियाशील रहेको बताए । 
प्रशिक्षण प्रशिक्षक कार्यक्रममा चुनवाी रणनीति, चुनावी एजेण्डा, चुनाव परिचालन, निर्वाचन निर्देशिका र उम्मेद्वारी छनौटको वारेमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको क्षेत्रीय सभापति जितेन्द्र राईले धनकुटाडटकमलाई जानकारी दिए ।
नेपाली कांग्रेस फाक्सिवका सभापति राजेन्द्र ईवा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य डाँडाबजारका सभापति पलक बस्नेतले र संचालन अमलेस लिम्बुले गरेका थिए ।
फाक्सिवमा भएको कार्यक्रममा सागुरी गढी अन्र्तगका खुवाफोक, डाँडाबजार, बुढिमोरंग, फाक्सिव गाविसका कांग्रेसी तथा स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।
यसैगरी आहालेको भएको कार्यक्रम नेपाली कांग्रेस आहालेका सभापति भूपाल राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय सदस्य नगेन्द्र राईले र संचालन नेपाल शिक्षक संघ साँगुरीगढी गाउँपालिकाका सचिव अमलबहादुर राईले गरेका थिए ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरु अहिले गाउँगाउँमा विभिन्न कार्यक्रमहरु लिएर पसेका छन् । लामो समययपछि हुन गैरहेको स्थानीय तहको निर्वाचनप्रति स्थानीयवासी पनि उत्सुक देखिएको छ । आफ्नै गाउँघर नजिकका उम्मेद्वारलाई मतदान गर्न पाउने हुनाले र आफ्नो समस्या नजिकका जनप्रतिनिधिहरुलाई भन्न पाउने हुदाँ उत्साहित भएका छन् ।
अहिले आफ्नो क्षेत्रमा को को उम्मेद्वार बन्ने हुन र कसले वाजी मार्ला भन्ने चिया गफ जताजतै सुन्न पाईन्छ । राजनीतिक दलले उम्मेद्वार घोषणा नगरेपनि स्थानीयवासीहरु दलका उम्मेद्वारहरुको आकलन गरिरहेका छन् ।