भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो

Published On: In Category: पर्यटन: सुन्दर नेपाल
भेडेटारमा असिनाको थुप्रो, हेर्न आउनेहरुको घुईचो


चैत्र ७ गते, धनकुटा ।
पूर्वकै प्रमुख पर्यटकीयस्थल भेडेटारमा पानीसँगै असिना बर्सिएर थुप्रो लागेको छ । असिनाको थुप्रोले भेडेटार बजारका साथै डाँडाकाँडा हिउँ परेझै सेताम्मे भएको छ । ठाउँ ठाउँमा डेडदेखि दुई फिटसम्म असिना जमेको होटल भेडेटार भ्यूका सञ्चालक तथा भेडेटार होटल एशोसियशनका सचिव जितेन्द्र रुम्दालीले जानकारी दिए ।
डाँडानै सेताम्मे भएपछि धनकुटा, धरान, इटहरी, विराटनगरलगायतका क्षेत्रबाट रमाईलो गर्न आउने युवकयुवतीहरुको भिड लागेको होटल अरुणभ्यालीका सञ्चालक तथा होटल एशोसियशनका संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठले बताए । असिनापानी परेसँगै यस क्षेत्रमा जाडो अत्यधिक बढेको छ । अत्यधिक असिनापानीको कारण यस रुटबाट चल्ने सवारी साधनहरु केहि समय रोकिएका थिए ।
यसअघि यसरी असिनापानी २०५७ सालमा परेको होटल एशोसियशनका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए ।