विपत र दुःखमा कांग्रेसको साथ पीडितलाई राहत

Published On: In Category: जिल्ला समाचार
विपत र दुःखमा कांग्रेसको साथ पीडितलाई राहत


धनकुटा ६ चैत्र /
विपत तथा दु।ख।मा साथ र सहयोग दैविक प्रकोपपीडितहरुलाई राहत वितरण कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस धनकुटाले पाख्रिवास नगरपालिका घोर्लिखर्क स्थित ढुकुरेका आगलागी पीडितलाई राहत वितरण गरेका छन् ।
पीडितलाई विपतमा साहारा र सहयोग स्वरुप पाख्रिवास नगरपालिका घोर्लिखर्क ढुकुरेका विर वहादुर तामाङ्ग र उनकी पत्नी देवी माया तामाङ्गलाई आज नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, सचिव विजयसन्तोषी राई, सदस्यहरु निर्मल ओझा, ज्ञानु गुरुङ्ग, नेपाल तरुण दल धनकुटा क्षेत्र नं। २ का अध्यक्ष तिलक महत लगायतले नगद ११ हजार रुपैया, नुन तेल तथा लत्ता कपडाहरु वितरण गरेका थिए ।
नेपाली कांग्रेस पाख्रिवास नगरपालिका वडा नं। ६ का सभापति भीमवहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस घोर्लिखर्कमा पर्शुराम पौडेल, नेपाल शिक्षक संघका भुवन पौडेल, व्यापारी नगेन्द्र काफ्ले लगायत स्थानीय नेपाली कांग्रेसका नेताहरुको सहभागीता रहेको थियो ।
पाख्रिवास नगरपालिका घोर्लिखर्क ढुकुरेका विरवहादुर तामाङ्गको घर केही दिन अघि मात्र विद्युत् लाईन सर्ट भएको आगलागीले घर पूर्ण रुपमा क्षती भएको थियो । 
यस भन्दा अघि मात्र नेपाली कांग्रेस क्षेत्र नं। २ धनकुटा क्षेत्रीय समितिको तर्फबाट क्षेत्रीय सभापति इन्दिरा थापाले समेत आगलागी पीडित तामाङ्गलाई दैनिक उपभोग्य सामाग्रीहरु र लत्ता कपडाहरु समेत प्रदान गर्नु भएको थियो । आगोले निजको घर पुर्णरुपमा क्षति भएको छ। छोरालाई वैदेशिक रोजगारीमा पठाउन जोगाएर राखेको दुई लाख पैतिस हजार, र छोरीको विवाहमा दाइजो दिनलाइ तयार गरेका सबै सामान जलेर नस्ट भएको पीडितले जानकारी दिए। न बस्न लाई वास छ नत खानलाई गास। दुखित परिवारजनको घाउमा मलम लगाउने उद्देश्यले सानो सहयोग स्वरुप केयर वूमन नेपालका अध्यक्ष समेत रहेकि थापाद्वारा राहत सामग्री त्रिपाल, कम्बल, चामल, दसना र सिरक वितरण गरेको केयर वुभेनका अध्यक्ष इन्दीरा थापाले बताईन ।