किम्फको प्रदर्शन सम्पन्न

Published On: In Category: खेल / मनोरन्जन
किम्फको प्रदर्शन सम्पन्न


शर्मिला राई 
हिले, धनकुटा ।
१४ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवका उत्कृट १३ नेपाली डकुमेन्ट्रीहरु धनकुटाको व्यापारिक केन्द्र हिलेमा २ दिनसम्म प्रदर्शन गरिएको छ । सन् २०१६ डिसेम्बरमा काठमाण्डौं ईन्टरनेशनल माउण्टेन फिल्म फेष्टिभल (किम्फ) मा १ सय २० राष्ट्रका ४६ डकुमेन्ट्रीहरु प््रदर्शन गरिएका थिए । प्रदर्शितमध्ये उत्कृष्ट १० वटा बृतचित्रहरु हिलेमा निःशुल्क रुपमा प्रदर्शन गरिएको थियो । 
हिमाल एशोशियसन काठमाण्डौको आयोजना, स्थानीय संयोजन सिर्जनशील साँस्कृतिक समूह हिलेको आयोजना प्रदर्शन गरिएको हो । दुई दिनसम्म प्रदर्शित वृत्तचित्रमा १५ सय भन्दा बढी दर्शकहरुले हेरेको आयोजक संस्थाका सल्लाहकार गौरव कार्कीले जानकारी दिए । हिलेस्थित् सामुदायिक भवनमा प्रदर्शन गरिएको थियो । 
प्रदर्शित बृतचित्रहरुमा अ सङ फर बारपाक, बाह्रखरी, लौरी, भुसको लोग्ने, बियोन द ह्वाईट केन, देवकीको खोजिमा, चन्द्र, मेला, राईज एण्ड फल, सिमलको भुवा जस्तै, स्प्टि एन्डस्, मीरा रहेका थिए । स्वीस दुतावासको आर्थिक सहयोगमा प्रदर्शित बृत्तचित्रहरु ५ मिनेटदेखि ५२ मिनेटसम्मका थिए । सो डकुमेन्ट्रीहरु नेपाली समाजमा घटेका घटना र ब्यक्तिहरुको यथार्थ दैनिकीमा आधारित रहेको आयोजक हिमाल एशोसियशनका प्रतिनिधि मनेश श्रेष्ठले बताए । 
वृत्तचित्र प्रदर्शनी कार्यक्रमको समापनमा वोल्दै उनले नेपाली समाजमा जनचेतना फैलाउन र समाजमा नेपाली बृतचित्रको बिकास गर्ने उद्देश्यका साथ प्रर्दशन गरिएको जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वृत्तचित्र प्रर्दशनले विद्यार्थीहरुलाई देशका ग्रामीण क्षेत्रका जनजीवनको वारेमा ज्ञान हाँसिल भएको वताउँदै संघर्ष गर्न प्रेरणा मिलेको बताए । यस्तै उनले आयोजक संस्थालाई हिलेमा आयोजना गरेकोमा धन्यवाद ज्ञापन दिदै आगामी वर्षपनि धनकुटामा प्रदर्शनका लागि आउन आग्रह गरे । 
वृत्तचित्र प्रदर्शन समापनको अवसरमा सृजनशील साँस्कृतिक समूहको तर्फबाट हिमाल एशोसियशनलाई महासंघ अध्यक्ष श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । सन् २००० देखि नेपालका बिभिन्न स्थानहरुमा प्रदर्शन गर्दै आईरहेको यो बृतचित्र यसपछि भोजपुर र खोटाङ्गको दिक्तेलमा प्रदर्शन गरिने जनाईएको छ ।

 

Related Tag: Hile Dhankuta