कक्षा १० को परीक्षाको तयारी पुरा

Published On: In Category: जिल्ला समाचार
कक्षा १० को परीक्षाको तयारी पुरा


धनकुटा । चैत ३ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा धनकुटा जिल्लाबाट यसवर्ष ४ हजार २ सय ४९ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि आवश्यक प्रश्नपत्रसहितका सामग्रीहरु सम्वन्धित केन्द्रमा पु¥याउने कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले जानकारी दिएका छन् । 
यो वर्षको परीक्षामा नियमिततर्फ ३ हजार ४ सय ५५ जना, एक्जाम्टेडतर्फ १ सय ८४ जना र ग्रेड वृद्धी वा आंशिकतर्फका ६ सय १० जना गरी कूल ४ हजार २ सय ४९ जना विद्यार्थीहरु परीषामा सहभागी हुनेछन् । परीक्षाका लागि जिल्लामा १७ वटा केन्द्र तोकिएको जिशिअ थापाले जानकारी दिए । उल्लेखित १७ केन्द्रमा १७ जना केन्द्राध्यक्ष, १७ जना सहायक केन्द्राध्यक्ष, १ सय ५२ जना निरीक्षक ७९ जना सहयोगी र प्रतिकेन्द्र १०र१० जना गरी जम्मा १ सय ७० जना सुरक्षाकर्मी परिचालनको तयारी गरिएको जानकारी दिए । १४ गतेसम्म सञ्चालन हुने परीक्षा विहान ८ देखि ११ वजेसम्म सञ्चालन हुनेछ ।