धनकुटामा थप पेट्रोल पम्प सञ्चालन

Published On: In Category: जिल्ला समाचार
धनकुटामा थप पेट्रोल पम्प सञ्चालन


नारायण राई
२८ फागुन, धनकुटा । 
मध्ये पहाडी राजमार्ग र पूर्वी पहाडका ४ जिल्लाका सवारीहरुलाई सेवा दिने उद्देश्यले सिंधुवामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।
्३२ हजार लिटर डिजल र १६ हजार लिटर पेट्रोल भण्डारण क्षमता भएको उक्त पम्पको पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।
मूर्तिढुंगा निवासी चेतनाथ चापागाईकों २ करोड ५० लाख लगानीमा सञ्चालनमा ल्याएको पेट्रोल पम्प सिंधुवा बसन्तपुर सडक खण्डमा अवस्थित छ । भावी दिनमा मध्य पहाडी लोकमार्ग अन्तर्गत पाँचथरबाट ताप्लेजुङ्ग, तेह्रथुम, संखुवासभा, धनकुटा हुंदै पश्चिमसम्म चल्ने सवारीहरुलाई सेवा पुग्ने सञ्चालक चापागाईंले जानकारी दिए ।
हालैकोे सप्तरी घट्नापछि उत्पन्न तराई आन्दोलन र कञ्चनपुरमा भएको भारतीय सुरक्षाफौज एसएसवीबाट भएको नेपाली नागरिकको हत्यापछि भएको बन्दका कारण पेट्रोलियम पदार्थ अभाव भएको छ । यस्तो अवस्थामा पनि सांसद थापाले २ ट्याङ्कर तेल ल्याएर पम्पको उद्घाटन गरेका थिए ।
कार्यक्रममा पूर्वमन्त्री थापाले १९ अर्व घाटामा भएको नेपाल आयल निगमलाई आफ्नो कार्यकालमा सुधार गरी हाल २० अर्व फाईदामा ल्याउन सफल गएको सन्दर्भ जोड्दै सबैको ईच्छाशक्ति भए अहिलेको पेट्रोलियम पदार्थ अभाव कृतिम भएको बताउँदै इमान्दारिता र दक्ष व्यवस्थापन हुने होभने यसको सहज आपूर्ति हुन सक्ने बताए ।
यो पम्प धनकुटामा स्थापना भएकोमध्ये चौथो हो । यसअघि जिरो प्वाईन्ट, धनकुटा, पात्ले र हिलेमा सञ्चालनमा भैरहेको छ । अर्को पाँचौं पम्प प्रकाश आचार्य सञ्चालक रहने गरी बुधवारेमा सञ्चालन गर्ने तयारीमा रहेको छ ।