पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन

Published On: In Category: जिल्ला समाचार
पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन

धनकुटा । स्थानीय शान्ति समितिले नेपाल पत्रकार महासंघको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । समितिले एक कार्यक्रमको आयोजना गरी महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
नयां कार्यसमितिलाई समितिका संयोजक बलबहादुर राई, पूर्व संयोजकहरु टिकाप्रसाद घिमिरे, लालचन्द्र गोङ्वा तथा सदस्यहरु कोपिला शंकर, पार्वती राई, कार्यालय सचिव सीता भण्डारीलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
फागुन ७ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघ धनकुटाको १० अधिबेशनबाट राजेश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत् १८ सदस्यीय नयाँ समिति चयन भएको थियो ।
यसैगरी १४ केन्द्रिय सभासद् र १९ प्रदेश सभासद् चयन भएको थियो ।