हिलेमा १३ उत्कृष्ट डकुमेन्ट्री प्रदर्शन हुँदै

Published On: In Category: खेल / मनोरन्जन
हिलेमा १३ उत्कृष्ट डकुमेन्ट्री प्रदर्शन हुँदै

हिलेमा १३ उत्कृष्ट डकुमेन्ट्री प्रदर्शन हुँदै
नारायण राई
फाल्गुन २९, धनकुटा । 
धनकुटाको व्यापारिक केन्द्र हिलेमा १४ औं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवअन्तर्गत उत्कृट १३ नेपाली डकुमेन्ट्रीहरु प्रदर्शन गरिने भएको छ । हिमाल एशोशियसन काठमाण्डौको आयोजना तथा सिर्जनशील साँस्कृतिक समूह हिलेको स्थानीय संयोजनमा २ दिनसम्म डकुमेन्ट्री प्रदर्शन गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 
सन् २०१६ डिसेम्बरमा आयोजित काठमाण्डौं ईन्टरनेशनल माउण्टेन फिल्म फेष्टिभल (किम्फ) मा प्रदर्शित १ सय २० राष्ट्रका ४६ डकुमेन्ट्री मध्ये उत्कृष्ट बृत्तचित्रहरु प्रदर्शन गरिने स्थानीय संयोजन सिर्जनशील साँस्कृतिक समूहका अध्यक्ष गौरव कार्कीले जानकारी दिए । प्रदर्शन निःशुल्क हुने कार्कीले सो अवसरमा जानकारी दिए ।
सो अवसरमा प्रदर्शन हुने बृत्तचित्रहरु अ सङ फर बारपाक, बाह्रखरी लौरी, भुसको लोग्ने, बियोन द ह्वाईट केन, देवकीको खोजिमा, चन्द्र, मेला, राईज एण्ड फल, सिमलको भुवा जस्तै, स्प्टि एन्डस्, मीरा रहेका छन् । प्रदर्शन हिलेको सामुदायिक भवनमा गरिने कार्कीले बताए । 
स्वीस दुतावासको आर्थिक सहयोगमा प्रदर्शन गरिने बृत्तचित्रहरु ५ मिनेट देखि ५२ मिनेटसम्मका रहेका छन् । सो बृत्तचित्रहरु नेपाली समाजका यथार्थ घटना र ब्यक्तिहरुको दैनिकीमा आधारित रहेको हिमाल एशोशियसन काठमाण्डौका प्रतिनीधि मनेष श्रेष्ठले जानकारी दिए ।
नेपाली समाजमा जनचेतना फैलाउँदै नेपाली बृतचित्रको विकास गर्ने उद्देश्यले सन् २००० देखि महोत्सव आयोजना गर्र्दै आएको जानकारी दिए । यो घुम्ती बृतचित्र प्रदर्शन धनकुटा पछि भोजपुर र खोटाङ्गको दिक्तेलमा प्रदर्शन गरिने आयोजक प्रतिनिधि श्रेष्ठले जानकारी दिए ।