अपाङ्गमैत्री संरचनामा जोड

Published On: In Category: जिल्ला समाचार
अपाङ्गमैत्री संरचनामा जोड

अपाङ्गमैत्री संरचनामा जोड
धनकुटा । 
राज्यका हरेक निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता भएमात्र उनीहरुको अधिकार सुनिश्चित हुने बताएका छन् । । हरेक सरकारी तथा गैरसरकारी निकायमा अपाङ्गतामैत्री भवन निर्माण गर्नुपर्नेमा समेत जोड दिएका थिए । सो कुरा महिला तथा बालबालिका कार्यालयले संचालन गरेको अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयूक्त भौतिक संरचना निर्माण र संचार सेवा सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठिमा नेपाली कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राई, नेकपा एमालेका खगेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रशासकीय अधिकृत डम्वर रोगुलगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसरको खाँचो भएकाले हरेक निकायहरुमा उनीहरुको सहभागीतालाई अनिवार्य गराउनु पर्नेमा जोड दिएका थिए ।
महिला विकास अधिकृत मञ्जु लोहनी र नेपाल अपाङ्ग महासंघका केन्द्रिय सदस्य यमबहादुर बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुचयूक्त भौतिक संरचना निर्माण र संचार सेवा विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । स्वागत मन्तव्य महिला विकास कार्यालयका चन्द्रकला बरालले र कार्यक्रमको संचालन गंगा खापुङ्गले गर्नु भएको थियो ।