महिला मुक्तिका लागि समान सहभागीता

Published On: In Category: जिल्ला समाचार
महिला मुक्तिका लागि समान सहभागीता


धनकुटा २५ फाल्गुण, 
अवसरबाट बञ्चित रहदै आएका महिलाहरुको मुक्तिका लागि समान सहभाीतामा हुनु पर्ने धनकुटामा आयोजित १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभात फेरी पछि आयोजित सभाका वक्ताहरुले बताएका हुन् । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले राज्यको हरेक निकायमा महिला सहभागीता गर्नु पर्नेमा जोड दिदै त्यसका लागि महिलाहरुले पनि आफ्नो क्षमता र दक्षतामा बृद्धी गर्नुपर्ने बताउनु भयो ।
शहीद भिमनारायण चोकबाट शुरु भएको प्रभातफेरी मदनचोकमा आएर सभामा परिणत भएको कार्यक्रममा महिला विकास अधिकृत मञ्जु लोहनीको अध्यक्षतामा संचालन भएको थियो । सभामा नेपाली कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राई, नेकपा एमालेका सचिवालय सदस्य टंक चुवान, माओवादी केन्द्रका ऋषिराम ढुंगाना, राष्ट्रिय जनमोर्चाका कोपिला शंकर लगायतले महिला मुक्तिका लागि समान सहभागिता र अवसरको खाँचो रहेको औलाए । कार्यक्रमको संचालन मानव अधिकारकर्मी तथा महिला पुनर्स्थापना केन्द्रकी सचिव हिमा चेम्जोंगले गर्नु भएको थियो ।
सो अवसरमा विभिन्न संघसंस्थामा कार्यरत महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । साथै ब्रह्मकुमारी राजयोगका दिदीहरुको पनि सहभागिता रहेको थियो । प्रभातफेरीमा नारीमुक्तीका विभिन्न नारा लेखिएको प्लेकार्ड बोकिएको थियो ।